हाम्रो बारेमा

आजको युगलाई संसारले सूचना र प्रविधिको युगको रुपमा परिभाषित गरेको छ । पूँजीवादले सूचना र प्रविधिलाई उपयोग गर्दै आफ्नो नाङ्गो नाच प्रस्तुत गरिरहेको छ । यस्तो अवस्थामा नेपाली डिजिटल पत्रकारितामा सधै ताजा, तथ्यपरक, सत्य, खोजमुलक, बैचारिक र खरो विचार र समाचार पस्कने अठोट सहित युवाहरुको डिजिटल प्रयास हो, रातो न्यूज डट कम । हामी व्यवसायिक पत्रकारितालाई सम्मान गछौं, मिसन पत्रकारिता हाम्रो पथ हो, अठोट हो । हामी समाजमा हुने सबै खालका विसंगति विरुद्ध खरो आवाज उठाउन चाहन्छौं । नेपाली समाजलाई विश्वमा गर्व गर्न लायक समाजको रुपमा स्थापित गर्न चाहन्छौं । अनलाईन पत्रकारितामा देखिरहेको अनेकन विकृतिमाझ हामी सत्यलाई नलुकाई तथ्यलाई नबङ्गयाईकन सूचना पस्कन चाहन्छौं । एक वाक्यमा भन्दा रातो न्यूज डट कम समकालिन नेपालको सम्पूर्ण तस्वीर हुने दिशामा अग्रसर भई रहन्छ ।