पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट हुने


पोखरा । पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब पोखराको आयोजनामा साउन १६ गतेदेखि पश्चिमाञ्चलका क्लवहरुबीच हुने खेल ४ महिना सम्म चल्ने छ ।

८ टिमको सहभागिता रहने प्रतियोगिता हप्तामा एउटा मात्रै खेलाइने छ । प्रत्येक शनिबार नगर प्रशिक्षण केन्द्र नदीपुरमा खेलाइने खेल राउण्ड रोविनको आधारमा खेलाइने छ ।

नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाख प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, बलर, व्याट्सम्यान, फिल्डर र सर्वोत्कृष्ट क्याचरलाई पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार