भारतीय भन्छन्-छिमेकलाई रुवाएर भलो हुँदैन


India-blockade-on-Nepal१९ मंसिर, लमजुङ । भारतको बिहार प्रदेशका शंकरदयाल सिंह अहिले ५६ वर्षका भए । पेसाले उनी शिक्षक हुन् । माध्यमिक तहसम्म उनले गणित विषय पढाउँदै आएका छन् । उनी नेपाल बस्न थालेको ३० वर्ष भयो । दुई वर्ष उनले नेपाल भारत सीमानामा पर्ने नवलपरासीको त्रिवेणीस्थानमा एक स्कुलमा पढाए । २८ वर्षभयो उनले पश्चिम लमजुङको भोर्लेटारस्थित ईशानेश्वर उच्च माविमा पढाउन थालेको छ ।

नेपालमा बस्दा उनले भारतले गरेको नाकाबन्दी दुई पटक भोगेको अन्नपूर्ण पोस्टमा खबर छ । दोस्रो पटक पनि भारतले नाकाबन्दी गर्दा उनको सारै चित्त दुखेको छ । ‘छिमेकी कमजोर हुँदा त सहयोग पो गर्ने हो,’ उनले भावुक हुँदै भने ‘छिमेकीलाई रुवाएर कहिल्यै भलो हुँदैन ।’

भारतको नाकाबन्दीका कारण अहिले उनी निक्कै समस्यामा परेका छन् । प्यारालाइसिसको बिरामी भएपनि उपचार गर्न सकेका छैनन् । ‘औषधि सकिएको छ, लिन जान पाएको छैन । भारतको पटनामा परीक्षण गराउँदै आएको थिएँ । घरमा खाना पकाउने ग्यास पनि सकिएको छ ।’ आफ्नो व्यथा सुनाउँदै उनले भने ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार