हरिचरण साह भन्छन, “तमलोपाले माफी नमागे जे पनि गर्छौ”


haricharan-shahनेपाली जनता दलका अध्यक्ष एवं संसदीय दलको नेता हरिचरण साहले एक अनलाइन संग कुरा गर्दै महन्थ ठाकूरले माफी मागेनन् भने चार दलीय मोर्चाले कडा प्रतिबाद गर्ने बातएका छन्।

“पर्सा, बारा, रौतहट, सर्लाही हुँदै काठमाडौँ आउने क्रममा थिए । स्थानीय रेडियोमा अन्तर्वार्ता दिने क्रममा पत्रकारले ‘मधेस विरोधी संविधानमा किन हस्ताक्षर गर्नुभयो ? भनेर सोधेपछि मैले मधेसका जनतामा ठेस पुगेको छ । संविधान सभामा लड्नका लागि मलाई जनताले भोट दिएर पठाएका हुन । म जनप्रतिनिधि भएको हुनाले गणतन्त्र, लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता संस्थागत गर्न संविधानमा हस्ताक्ष गरेको हुँ भनेपछि स्थानीय उत्सृङ्खल व्यक्तिहरुले राप्रपा नेपालका अनिल सिंहको नेतृत्वमा रहेकाहरुले दुव्र्यवहार गरेका हुन ।  उनीहरु तमलोपामा प्रवेश गरेको भन्ने सुनेको छु । मैले तमलोपामा उजुरी पनि दिएको छु । तपाईको कार्यकर्ता हुन भने यो के हो ? मधेसको हकहितको लागि मधेसी मोर्चासहित हामी चार दल मिलेर संसद घेरिरहेका छौँ । तमलोपाले दश गते बिहानसम्म माफी मागेन भने हाम्रो चार दलीय मोर्चाले सोही अनुसारको व्यवहार गर्नेछ ।” अन्तर्वार्तामा उनले भने।

उनि भन्छन, “हिमाल, पहाड, तराईका सम्पूर्ण नेपालीहरुको अमनचयनका लागि मानवतावादको शान्तिपूर्ण लडाई लडौँ । आन्दोलन हिंसात्मक नबनाऔं । छिटोभन्दा छिटो मधेसको समस्या समाधान गर्नुपर्छ ।”

Loading...

यसमा तपाइको मत

अन्य समाचार