“मोर्चामा आवद्ध अधिकांस संगठनहरु कर्मठ, कटिवद्ध, प्रतिवद्ध र देश भक्त छन”- विक्रम वहादुर बम


Nepal Sambidhan 2072शिव सेना तथा राष्ट्रिय जनसंर्घष मोर्चा सह– सयोजक अहिले विभिन्न कित्तामा विभाजित शिवसेना एक भएका छन । भर्खरै राजा बादीको जनसंर्घष मोर्चा पनिबनेको छ ।  यसै सन्र्दभमा विक्रम वहादुर बम (बरिस्ठ नेता) संग रातो न्यूज ले गरेको कुराकानी:

१. तपाईहरुको यो अन्दोलन केका लागि ?
यो आनदोलन नेपाली जनतालाई बर्तमान असहज परिश्थिति वाट उन्मुतिm दिनका
लागि नेपाल विगठन हुनवाट बचाउुनका लागि हो ।
२.यो कुरा नारा मात्र हुने हो की ?
त्यो अगामी दिनहरुले बताउने छ ।
३. तपाईहरु मोर्चामा आवद्ध अधिकांस पार्टीहरु र संगठन हरु जनमत हिसावले
कमजोर छननी ?
यो कुरा ठिक हो । जनमत हिसावले कमजोर छन । तर कर्मठ छन कटिवद्ध छन,
प्रतिवद्ध छन देश भक्त छन ।
४ यो मोर्चाले संविधान खारेजीको चर्का माग राखेको छ । संविधान सशोधन गर्ने चिज हो
भनिन्छ,तपाईहरु किन उतेजित हुनु भएको?
एउटा राज्यले पाएको सवल,सर्वमान्य संविधान हुन्थयो भने त्यो संविधानको लाई
संशोधन गर्न सकिन्छ। तर वर्तमान २०७२संविधान असंवैधानिक,अर्पूण,जनभावना
विपरित छ । विखण्डनकारी छ । त्यसैले वर्तमान मुलुकको समस्याको जड कारक
तत्व संविधान भएको हुनाले यो संविधान खारेजी नभइकन जवरजसती लादियो
भने मुलुक टुक्रिन सकछ । यो संविधान देशघाती छ जनतामारा छ । यसले यो
संविधान मान्दैनौ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार