योल्मो महिला संघकी ल्हाटिन डोल्माले राजनीति नगर्ने


dolmaलामो समय देखि विभिन्न राजनीती दलमा सक्रिय भूमिका निभाएकी तथा योल्मो भाषा लिपिको लागि महत्वपूर्ण योगदान दिएकी ल्याटिन डोल्मा योल्मापाले सक्रिय राजनीति नगर्ने वताएकी छन् । उमेर ढल्कदै गएको र धर्म प्रति अगाध आस्था भएको कारण आफुले सक्रिय राजनीति नगर्ने सोंच वनाएको डोल्माले वताईन् । उनले विगत ५ वर्ष देखि नेपाल योल्मो महिलासंघको केन्द्रीय अध्यक्षको रुपमा रहेर महिला अधिकारको निमित निरन्तर आवाज उठाउदै आएकी छन् । योल्मो महिलाहरुको वृहत उपस्थिति रहेको रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, लम्जुङ्ग, चितवन, इलाम, रामेछाप, कास्की, गोर्खा धादिङ्ग लागयत जिल्लामा पुगेर महिलाहरुलाई सचेत गराउँदै आफ्नो संस्कार संस्कृति रिती रिवाज प्रति माया प्रेम दर्शाउन महत्वपूर्ण भूमिका खेलेकी छन् । ह्याल्मो र योल्मो भनेर विभाजित योल्मो समुदायमा डोल्माकै कारण योल्मो लेख्न थालिएको छ । उनले आफ्नो समुदायको दिदी वहिनीको मा पुगेर संस्कार संस्कृति, आफ्नो अधिकार जनजाति अधिकारको विषयमा सचेत गराएकी छिन् । अशिक्षित र पिछडिएका योल्मो महिलाहरुलाई विभिन्न खालका तालिम प्रशिक्षण लगायत दिएकी छन् । व्यवसायिक र इमानदार र सोंचको विकास गराउन उनको महत्वपूर्ण योगदान छ । उनीसँग काम गरेका महिलाहरु भन्छन् । उहाँको इमानदार र खरो स्वभाव छ । कुनै पनि कार्य गर्दा त्यसलाई नतीजामा नपु¥याईकन छोड्ने उनको वानी छ । राजनीतिकबाट वाहिर वसे पनि राजनीतिक र योल्मो महिलाहरुको लागि सधैभरि आफुले आवाज उठाइरहेने उनले वताएकी छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार