पूर्व छापामार नेता भन्छन् – भूमिगत युद्ध थाल्छौं ।


अयोग्य छापामार भनेर चिनिने वर्हिगमीत जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन वुढाथोकीले सरकारलेअ योग्य छापामारहरुको भरणपोषणको लागि पहल नगरे नेताहरुको घर घेर्ने वताएका छन् । आफ्नो संगठनमा अयोग्य भनेर चिनिने जनयुद्धका नायक समानका लडाकुहरु रहेकाले आगामी दिनमा सशक्त आन्दोनका कार्यक्रमहरु अगाडि वढाउने जनाएका छन् । सरकार र माओवादीहरुको यही रवैया रहे छापामार युद्ध थाल्न पनि सकने उनले संकेत गरेका छन् । रातो न्युज संग कुराकानी गर्दै वुढाथोकी भन्छन् –यो देशका समपूर्ण शोषित, उत्पीडित वेरोजगार युवाहरुको पक्षमा राष्ट्रिय मुक्ति आन्दोलन उठ्न सक्छ । त्यो आन्दोलनको उवारलाई बिश्वको कुनै पनि शक्तिले रोक्न सक्दैन । अनमिन र विभिन्न मानव अधिकार वादी संगठनकले पनि हाम्रो विषयमा वोलेका छन् । हाम्रो अधिकार हनन भयो भने अन्तराष्ट्रिय अदालतमा मुद्धा पर्न सक्छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार