एकपटक आफुतिर फर्केर समिक्षा गरौ


योगेश बराल

योगेश बराल

नेपालको बर्तमान राजनितिको सार तहमा केहि परिबर्तन देखिएता पनि सतहमा ठुलो चक्रब्युको भुमरी जस्ताको त्यस्तै छ । जस्ले गर्दा नेपाली जनताले गरे महान त्याग बलिदानको अबमुल्यन भएर निष्ठाको राजनैतिक चरित्रको हत्या गरी नेपाल तिनै राणाकालीन जिमुवाल मुखिया एबं रितले पञ्चायतकालीन भुत प्रबृती भन्दा बाहिर निश्किएको छैन । के जनताको आत्मा बलिदान यिनै प्रबृतिलाइ स्थापित गरि आफ्नो बर्ग समुदायलाइ अबमुल्यन गर्न भएको थियो ? यो अहम प्रश्नले बिगत सात दशकबाट नेपाली समाजमा गंभिरता पुर्बक उठेको छ । फेरी जनताको जित भनेर पञ्चायतमा निर्मम दमन गर्ने , बहुदलिय प्रजातन्त्रको नाममा किलोसेरा टु अप्रेसन आतङ्ककारी बिधेक ल्याइ संकटकाल घोषणा गरि निर्मम दमन गर्ने र प्रतिकृयाबादी फासीबादी सत्ता को बिकल्प गणतन्त्रको स्थापन गर्ने तथा आमजनहत्या गर्ने सत्ताको केन्द्रमा धावा बोल्ने समुहको एकता प्राकृतिक हो त ! यदि हो भने नेपाल जनताको आत्मबलिदान त्याग तपस्याको हिसाब चाहियो । जस्का बिरुद्ध लडाइ लडियो तिनैलाइ सीरमा राख्ने अबष्था अप्राकृतिक र निन्दनिय छ । यो खेल खत्रनाक प्रतिगमनकारी र अपराधिक बिश्मयकारी हो । नेपाली जनताको मन मष्तिस्कमा ब्लाकमेल गरि आम समुदायलाइ प्यादा बनाइ आफ्नो सत्ता महत्वकांक्षा(इन्ट्रेस) लाइ स्थापित गर्ने यस्ता प्रबृतिको जति भर्सना गरे पनि कम हुन्छ । यस किसिमकका अपराधिक बर्तमानसंम चलेका सत्ता राजनितिक केन्द्रित जनबिरोधि हकतको प्रतिरोध गरौं । बिस्पोटक ठंगले चन्द्रसम्सेर राणाको रखेल घर सींहदबारलाइ नेपाली जनताको रगत पसिना र मृत्युबाट जम्मा भएको ढुकुटि र नेपाली जनतालाइ सुस्तबीस(स्लोपोइजन) प्रयोग गरी आतंक लुट बलत्कार गर्ने आतताहि अखडालाइ नियन्त्रण गरि ध्वंस गरि नेपाल देश नेपाली जनतासमुदायलाइ त्यस्ता अपराधिहरुबाट मुक्त गर्ने दिशामा संसार भरि छरिएर रहेका नेपाली हरु एकता बद्ध नैतिकबान इमान्दारपुबर्क त्याग र समर्पणका साथ आफ्नो मातृ तथा पितृ भुमिको संमृधि बिकसीत असल गन्तव्यमा पुर्याउन एक धक्का शसक्त एकिकृत ढंगले अघि बढौं।नेपाली बृटिसका लागि 200बर्षदेखि मर्यौं इन्डियाका लागि बिगत 70बर्षदेखि मरिराख्या छौं ।खाडि मुलुकमा बिगत 20बर्षदेखि डटिराखेकाछौं । अब एकपटक आफुतिर फर्केर समिक्षा गरी आफ्नो धरातल टेकौं ! नेपालको उन्नती र प्रत्येक नेपालीको अपनत्व प्राप्त र स्थापित गर्ने दिशामा अघि बढ्न प्रतिबद्धता जनाऔँ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार