एन जी ओ धाउने श्रीमानलाइ ढोकामै निषेध


kiran

किरण इंगनाम

हामी नेपालमा बस्ने , नेपालीको साझा समस्या भारतले अघोषित वा घोषित नाकाबन्दी गरोस वा नगरोस अनि सिमा पारीबाट ढुङ्गा , मुडाको साथै बिना बर्दीका कर्मचारी आएर आन्दोलन गरून वा सहयोग गरून । यो ठूलो समस्या होइन । साझा र मुख्य समस्या भनेको भारतीयहरूलाई नाटक गर्न छाडिएको “खुल्ला सिमा ” हो । किन हामी नेपाली खुल्ला सिमालाई बन्द ! नियन्त्रीत र व्यवस्थितको सट्टा भारतीय दुतवासमा पुग्दछौ । अनि फेरि बाहिर आएर नुन भारतकै खायो अनि नाटकीय विरोध जनताको आँखा छोप्न गर्यो । जनता फेरि उसैको झण्डा बोकेर ! यो कस – कसले आखाँ अगाडि घाम जत्तिकै छर्लङग् छ । अब हामीले जबसम्म खुल्ला सिमा बन्द गर्दैनौ ! तबसम्म भारतसंग मित्रवत सम्बन्ध शुरूवात हुदैन । त्यसकारण किन भन्न नसक्ने “खुल्ला सिमा बन्द गरौ , मित्रवत सम्बन्धको शुरूवात गरौ” ! त्यसैले हिजो जे भयो । त्यो हिजैलाई छोडिदियौ । दोष अरूलाई नदिऔ ! हामी आफैतिर फर्किएर हरेक नेपालीले एक घण्टा सोचौ । अनि फेरि खुल्ला सिमा बन्द गरौ ! भारत र मधेशीलाई दोष दिनुको सट्टा भारतीय दुतवास धाउने मुर्दावाद ! भनौ , अर्को समस्या एन जी ओ / आई एन जी ओ को हो । यिनीहरूको रणनीति उदाउदो नयाँ विश्ब चीन र भारतको विरूध्द नेपाली भुमीलाई उपयोग गरि इराक अफगास्थान जस्तै खेल मैदान बनाउने हो । अमेरिकाले एन जी ओ / आई एन जी ओ मार्फत वैचारिक हतियार जातिय राज्य , धार्मिक राज्य बनाएको छ । त्यसकारण जति पनि जातिय राज्य अनि धार्मिक राज्यको भाषण गर्ने छन । ति आदिवासी जनजाती हून कि हिन्दु धर्म वा राज्यको कुरा गर्न अनि किरातँ , बौध्द , मुस्लिम यि सबै एन जी ओ/ आई एन जी ओ मार्फत कृश्चियनीकरण अभियानका लागि पालिएका मान्छे हुन । एन जी ओ/ आई एन जी ओ बाहेक का अरू आम नेपालीलाई जनता र नेपाली भुमीलाई उपयोग गर्न पाईदैन । त्यसकारण यस्ता सबैखाले एन जी ओ/ आई एन जी ओ निषेध गरौ । एन जी ओ/ आई एन जी ओ बनाउने र कार्यालय धाउनेलाई घर ,समाजबाट अबहेलना शुरूवात गरौ । आजैबाटै एन जी ओ/ आई एन जी ओ मुर्दावाद ! सधै राष्टिय स्वाधिनता नेपाल रहिरहने छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार