पढ्न छुटाउनुभएको भए पढ्नुस ।


gk pokharel

जिके पोखरेल

आजको कान्तिपुर कोशेलीमा प्रकाशित रोबर्ट फ्रस्टको अन्तर्वार्ता ‘करले कोही कवि हुँदैन’ पढ्न छुटाउनुभएको भए पढ्नुस ।

त्यहाँ दोस्रो वाक्यमा लेखिएको छ- ‘भनिन्छ, उनको व्यक्तित्व कुनै समीक्षकको टिप्पणीले बनेको होइन ।’

त्यसो भए मलाई भनिदिनुस कि ‘के वाल्ट ह्विटमन, लियो टोल्सटोय, रविन्द्रनाथ टैगोर, एलेन्स गिन्सवर्ग, लक्ष्मीप्रसाद देवकोटा या विलियम सेक्सपियरको व्यक्तित्व समीक्षकको टिप्पणीले बनेको हो ?’

बुझ्न नसकेको कुरा चाहिँ के भने, यो ‘कान्तिपुर’को शनिबारीय परिशिष्टाङ्क किन समीक्षक र समालोचकको पछि हात धोएर लागेको हो ?

समालोचना पनि प्रकारान्तरले किताब वा व्यक्तिमाथि लेखिने ‘तथ्यगत निबन्धात्मक पुनर्पठन’ हो भन्ने हेक्का भएका कवि/पत्रकारले यस्तो हावादारी अभिव्यक्ति दिँदैनन ।

अस्तिको सप्ताहको ‘अरुण गुप्तो’को अन्तर्वार्ताको आशय पनि ‘नेपाली साहित्यमा गतिला समालोचक छैनन’ भन्ने नै थियो । आज प्रकाशित ‘रोबर्ट फ्रस्ट’को अन्तर्वार्ताको आशय पनि त्यस्तै प्रकारको छ ।

यहाँ देवकोटाले शङ्कर लामिछानेळाई भनेको यादगार सुझाव ‘रिपिटेसन आफ दि सेम लाइन ह्याज नो मिनिङ’को अर्थ खोज्न मन लाग्यो ।

समाळोचना/समीक्षा पनि साहित्यका आख्यान, कविता, निबन्ध र नाटकजस्तै एक निबन्धात्मक चरित्र भएको साहित्यिक विधा हो ।

यति लेखिरहँदा मलाई चेतना छ कि, नेपाळी साहित्यमा पनि रामकृष्ण शर्मा र ताना शर्माजस्ता बनिबनाऊ व्यक्तित्वधारी कवि लेखकको व्यक्तित्वमाथि प्रश्न उठाउने समीक्षक/समालोचक थिए । केशवप्रसाद उपाध्याय, ईन्द्रबहादुर राई, ईश्वर बराल, कृष्णचन्द्रसिँह प्रधान, यदुनाथ खनालजस्ता गहन विचार भएका समालोचक पनि थिए ।

समालोचना रचनामाथिको समाज/सापेक्ष ‘दृष्टि-प्रक्षेप’ हो, कुनै लेखकको उचाइ नाप्ने ‘इन्चीटेप’ होइन ।

चेतना भया ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार