म देशको प्रधानमन्त्री मैले उहाँलाई यो हलमा देखेँ भने पनि देखेँ भन्न मिल्दैन


kp oli राजाधानी: आइतबार काठमाडौंमा पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङको सम्मान कार्यक्रममा मुलुकका प्रमुख कम्युनिस्ट पार्टीका नेताहरु एकै मञ्चमा थिए। नेपालको कम्युनिस्ट आन्दोलनबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता भेला भएका थिए।

कार्यव्यस्तताका कारण ढिलो आइपुगेका र चाँडै मन्तब्य राख्न पाएका प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा अरु पार्टीका नेताहरुलाई निकै घोचपेच गरे। सुरुमा कम्युनिस्ट विचार र मार्क्सवादबारे रोचक विचार राखेपछि उनले एकीकृत नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहलाई विशेष घोचपेच गरे। उनले ककसलाई के भने?

प्रचण्डलाई घोचपेच

नेपालमा कम्युनिस्ट शक्ति अकाट्य र कसैले नजर अन्दाज गर्न नसक्ने शक्ति भएको भन्दै प्रधानमन्त्री ओलीले विद्वानहरुले पनि मार्क्सवादबारे बुझ्न नसकेको टिप्पणी गरे। उनले कहिलेकाँही राम्रो गरौं भन्दाभन्दै नराम्रो हुन जाने भन्दै झापा आन्दोलन उग्र भएको स्वीकार गरे। ‘अहिले सीपी मैनालीजी यहीँ हुनुहुन्छ, हामीले राम्रै गरौं भनेको अलिअलि उग्रपन्थ भइहालेछ, राम्रो गरौँ भन्नेबाहेक हाम्रो कुनै भावनै थिएन’, ओलीले भने, ‘तर हामीले थाहा पाएर त्यसलाई छोड्यौं तर अरु साथीहरुले चाखिहाल्नुभयो।’ उनले यसो भन्दा मञ्चमै रहेका एमाओवादी अध्यक्ष प्रचण्ड मुसुमुसु हाँस्दै थिए। २०२८ सालमा सुरु भएको झापा आन्दोलनमा नेपाली कम्युनिस्टहरुले हिंसात्मक आन्दोलन गरेका थिए। झापा आन्दोलनका एक सहभागी ओलीले त्यसलाई आफुहरुले निरन्तरता नदिएको बताए तर सँगै एकीकृत नेकपा माओवादीले हिंसात्मक आन्दोलन गरेर त्यही उग्रपन्थकै बाटो पछ्याएको भन्दै प्रचण्डलाई घोचपेच गरे।

मोहन वैद्यलाई तीर

कम्युनिस्ट शक्तिको ब्याख्या गर्ने क्रममा प्रधानमन्त्री ओलीले कम्युनिस्टले राम्रो नीति निर्माण गर्न सक्ने र शासन गर्न सक्ने बताए। राम्रो नीति निर्माण गर्ने, देश चलाउने र शासन गर्ने नै कम्युनिस्टले हो उनले भने ‘तर केही साथीहरु सरकारमा नै जान हुन्न भन्छन्।’ प्रधानमन्त्री ओलीले यति भन्दा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष सँगै मञ्चमा थिए। ओलीको भनाईले हल हाँसोले गुञ्जियो अनि उनले थपे, ‘मैले मोहनजी तिर ताकेको हैन।’

मोहनबिक्रमलाई भने- के को भूमिगत?

सम्मान कार्यक्रमको संयोजक थिए नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह। तर उनी मञ्चमा थिएनन्। उद्घोषक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सिंह हलभित्रै रहेको तर अर्धभूमिगत रहेकाले मञ्चमा बस्न नमिलेको जानकारी गराए। ओलीले उनलाई पनि पनि घोचपेच गर्न भ्याए। कम्युनिस्ट आन्दोलन भनेको हाकाहाकी आन्दोलन हो। यस्तो राम्रो कार्यक्रम छ तर मूल संयोजक चाहिँ कतै कुनामा हुनुहुन्छ, परिस्थितका कारणले हैन धर्मका कारणले’ ओलीले भने । आफु देशको प्रधानमन्त्री यहीँ रहेको भन्दै उनले भने ‘ निस्कनुस् उठ्नुस् कसैले समाउँदैनन् पत्रकारले अलिअलि दुख दिन्छन्।’

उनले फेरि झापा आन्दोलनका क्रममा जेल परेको घटना सम्झिए,  पहिलो पोस्टमा खबर छ ! म जेलमा छँदा भाँगुभाँगु लागेको हो तर भागिन। मलाई गोलघरतिर लगेपछि सीपीजीहरु भाग्नुभएछ, विष्णु पौडेल पनि भाग्नुभयो। उनले नेपालमा कम्युनिस्ट शक्ति डोमिनेटिङ फ्याक्टर भन्दै कोही कम्युनिस्टहरु लुक्न नपर्ने टिप्पणी गरे। उनले मञ्चमा नबसेका मोहनबिक्रम सिंहप्रति संकेत गर्दै भने ‘कहाँको लुक्ने कहाँको भाग्ने के को भूमिगत के को अर्ध भूमिगत के को चौथाइ भूमिगत?’ उनले आफु देशको प्रधानमन्त्री भएकाले सुरक्षाको सबै जिम्मा लिने पनि बताए। ‘

Loading...

यसमा तपाइको मत

अन्य समाचार