पुरुषोत्तम रसुवाको गजल : बुझे बल्ल तिम्रो भनाई मैले


purusotam rasuwaदिनै बिर्सेछु धत् तिम्लाई मैले
धोका दिएकोमा बधाई मैले

निर्दयी भएछु त्यति बेला म
दिएछु बिदा खुब रिसाई मैले

म माफी चाहन्छु गल्ति मेरै हो
राख्न खोजेछु दास बनाई मैले

फुल र जुन सबैको साझा रहेछ
गर्न खोजे सिर्फ रजाई मैले

आफै मात्र बाठो हु भन्नु बेकार
बुझे बल्ल तिम्रो भनाई मैले

Loading...

यसमा तपाइको मत

अन्य समाचार