विष्फोटमा मृत्यु हुनेको संख्या आठ पुग्यो


इटहरीः इटहरी उपमहानगरपालिका–१६ स्थित न्यू जय नेपाल इँटाभट्टामा सोमबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

जलाइराखिएको चिम्नी ढल्दा इँटा भट्टामा कार्यरत सात जनाको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुनेमा १६ वर्षीय मुस्तफा आलम मियाँ रहेका छन् ।

घटनास्थलमै मृत्यु हुनेमा भारत विहार घर भएका कामदार ५० वर्षीय गरिबलाल पासवान, ३५ वर्षीय मिथिलेश पासवान, १६ वर्षीय सलुन मियाँ, १५ वर्षीय सग्दाम हुसैन र १२ वर्षीय राहुल तथा इटहरी उपमहानगरपालिका १६ एकम्बाकी ६० वर्षीया गलदीदेवी चौधरी र इटहरी २० पकलीका शिवनारायण चौधरी रहेका छन् ।

सो घटनामा २५ भन्दा बढी कामदार घाइते भएको र केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सामान्य घाइतेको पकली, भासी, झुम्का, इनरुवा र इटहरीलगायत क्षेत्रमा रहेका उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...

यसमा तपाइको मत

अन्य समाचार