भाई कांगेसको यस्तो मोजमस्ती


bhaiनेपाल सरकारका सबैभन्दा बढी भाग्यमानी सहसचिवहरूमध्ये सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला अग्रपंक्तिमा पर्दछ्न ।
उनी एकैपटक धेरै ठाउंको जिम्मेवारी लिएर भ्रमण, गोष्ठी, फिल्ड भिजिट लगायत विदेश भ्रमण गरेर सबैभन्दा बढी भत्ता कमाउनेमा पनि पर्दछन ।
सार्क सचिवालयका निर्देशक समेत रहेका कोइरालाले मासिक $750 डलर तलब थाप्ने गरेका छ्न ।
कांग्रेस निकट भनेर चिनिने कोइरालाले विभागमा उपलब्ध तीनवटै गाडीमाथि पनि एकलौटी कब्जा जमाउंदै आएका छ्न ।
प्रत्येक दुई वर्षमा फेरिने महानिर्देशकमा एमाले र एमाओवादी निकट पत्रकार एवं संचारमन्त्रीलाई प्रभावमा पारेर २०६६ देखि अनकन्टक कोइराला नै महानिर्देशक रहिआएका छन ।
पत्रकार-पत्रकारबीच जुधाउन खप्पीस कोइरालाले प्रेस काउन्सिलबाट सदस्य सचिवको सुविधा पनि लिने गरेका छ्न भन्दा त्यहीं भएका तर, मिलिजुली खानेहरूलाई पनि थाहा नहुन सक्तछ ।

मनोज सार्थक

Loading...

यसमा तपाइको मत

अन्य समाचार