रसुवामा राहत पुग्ने क्रम जारी


वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले आफ्नो घर भत्काएपछि त्रिपाल र जस्ताको टहरा बनाई बस्न बाध्य भएका रसुवाबासीले थोरै भए पनि राहत पाउन थालेका छन्।
जिल्लामा भूकम्पपीडितलाई जाडोयाममा न्यानो कपडा खरिदका लागि राज्यले दिने १० हजार रुपियाँ वितरणसँगै जिल्लामा क्रियाशील संघसंस्थाहरूले जाडोमा न्यानो कपडा वितरण शुरू गरेपछि उनीहरूले राहतको महसुस गरेका हुन्।
आफ्ना बालबालिका र वृद्धवृद्धाहरूमा चीसोका कारण देखिन लागेको निमोनिया तथा संक्रमित रोगहरू केही हदसम्म भए पनि कमी हुने उनीहरूको विश्वास छ।
जिल्लामा एलडब्ल्यूएफको आर्थिक सहयोगमा मानेकोर सोसाइटी रसुवाले रसुवाको दुर्गम गाउँ यार्सामा बस्ने १ सय १० घरपरिवारलाई न्यानो कपडा वितरणको थालनी गरेको हो।
प्रति परिवार १२ हजार रुपियाँको कुपन प्रयोग गरी आफ्नो इच्छाअनुसार परिवारलाई आवस्यक सामान लाने व्यवस्था गरिएको छ। शिरदेखि पाउसम्म न्यानो कपडा लाऔं जाडो भगाऔं भन्दै जिल्लाका पाँच गाउँ विकास समितिका १ हजार घरपरिवारमा मानेकोर सोसाइटी रसुवाका अध्यक्ष कैसाङ नोर्बु तामाङले बताउनुभयो।
भूकम्पपीडित राहत पारिवारिक परिचयपत्र छुट हुन पुगेका कतिपय भूकम्पपीडितहरूले १५ हजार त पाएनन् पाएनन् अहिलो न्यानो कपडा खरिदका लागि सरकारले दिने १० हजार पनि उनीहरूले पाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अहिलेसम्म जिल्लामा ३ सयको संख्यामा परिचयपत्र छुटको निवेदन आएको बताइएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति रसुवाले जिल्लामा करिब १२ हजार भूकम्पपीडित परिवारलाई जाडोयाममा न्यानो कपडा खरिदका लागि राज्यले दिने १० हजार रुपियाँ वितरण गरिरहेको बताएको छ भने जिल्लामा क्रियाशील संघसंस्थाहरूले जाडोका कपडा वितरण गर्ने बताएका छन्।समाचार पत्रबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार