दब्बु दास दलाल मानसिकता : हाम्रो मुख्य समस्या


 

 

योगेश बराल

योगेश बराल

 । नेपाली राजनितिको चरित्र नेपाली जनताको अपनत्व मालिकत्व र सार्बभौम नागरिकको हित बिपरित शत्ता शक्ति र पदको निमित्त आत्मासमर्पण गर्ने दब्बु दास दलाल कमजोर मानसिकता ग्रसित बिदेश परस्ति हुनु नै बाह्य प्रभाव निम्त्याइएको हो । घरको समस्या घरमै सहमति गरि समाधान गर्नको सट्टा बिदेशीसंग अनुचित सर्त राखि निमत्याउने अपराधिक मानसिकताले मुलुकले संकट बेहोर्न बाध्य छ।
आन्तरिक मामिलामा हस्तक्षेप निम्न आन्तरिक कारणबाट भएको हो
1.राष्टिय परराष्ट्रनिति निर्माण नहुनु, ब्यक्ति ब्यक्ति पिछै पररास्ट्रनितिको पठवारी हुनु ,
2. राष्ट्रिय शुरक्षानिति निर्माण नहुनु ,
3.राष्ट्रिय अर्थतन्त्र निर्माण र बिकासको निति नियम नियमाली नहुनु ,
4.राष्ट्रिय बिकास निती नहुनु , भ्रमित हाबादारी कमिसनका लागि जे पनि गर्ने माफियागिरीलाइ बिकास मापन गर्नु ,
5.राष्ट्रिय हित अनुकुल बौद्धिक बर्गको परिचालित हुन नसक्नु , राष्ट्रहित बिपरीत शक्ति , सत्ता र लाभको पदमा लालचि देखाइ देशी बिदेशी केन्द्र धाउने प्रबृति हुनु ,
6. राष्ट्रिय खोज अन्भेसण केन्द्रको निर्माण स्थापना गर्न नसक्नु ,
7. उर्जामा परनिर्भर हुने र कमिसनखोर मानसिकता हुनु , राष्ट्रिय उर्जा निति बनाउन नसक्नु ,
8. आन्तरिक उत्पादन बितरण प्रणाली नहुनु , बाह्य उत्पादनलाइ आयातमा प्राथमिकता दिनु,
लगायत मा परनिभर भइ आत्माशमर्पणबादी चिन्तन ले ग्रसित राज्ययन्त्र ब्यबस्था सञ्चालीत हुनु मुलुक र जनताका लागि दुर्भाग्य भएकाले बैदेशिक हस्तक्षेप भएको हो। बास्तबमै नेपाली राजनितिका कच्चा खेलाडीले नै बिदेशिहरुलाइ आफु सत्तामा टिकिरहने नाममा आत्मासमर्पण गर्दै राष्ट्रहित बिपरित सम्झौता गरि ब्यक्तिगत लाभका निम्ति जुनसुकै कुकर्म गरेकाले यो अबश्था आएको हो।
मुख्य त नेपाल मामलामा त्रिपक्षिय चासो र उपस्थिति छ बिषेषत पश्चिमाहरुको भोक शोक र रोगमा खेलि हतियार बिक्रि केन्द्र बनाउन नेपालमा बिभिन्नखाले अन्तरबिरोध श्रृजना गरि अस्थिरतामा नेपाललाइ फसाइ दुबै छिमिकीबिरुद्ध अस्थिरता र नियन्त्रण गर्न कटबद्ध छ नेपाल भुटान जस्ता संबेदनशील मुलुकमा अस्थिरता भैलाउन लागिपरेका छन । त्यसतै इन्डिया नेपालको पानी माथिको एकाधिकार कामय गरि यहाका प्राकृतिक स्रोतसाधनमा दोहन गरि नेपालीलाइ गरिबिको रेखामा राखि राख्ने योजना साथ आएको छ । चाइना बनिया नितिका साथ तिब्बेत मामिला सुरक्षित आभास गर्ने नाम भएपनि अहस्तक्षेपकारी निति भएपनि लिपुलेक कालापानी लिम्पियाधुरा काण्डले नाङ्गिएको अबस्था छ , तै पनि उ सान्ती समृद्धि र बिकासमा प्रतिबद्ध छ । नेपालमा अहिले तराइमा भएको आन्दोलन जनताको पक्षमा भएपनि यो काङ्ग्रेश एमाले एमाओबादि र मधेशी मोर्चाको मिलेमतोमा भएको हो यो क्रिकेटको टेष्टम्याच
फिक्सिङ जष्तै हो ।

काठमाण्डौको सत्ता राष्ट्रबादको नाममा ढोंगि बन्दै उर्जा संकट देखाएर जनताको लगानि सुरक्षित गर्नूको सट्टा कमिसनमा बिदेशीलाइ जिम्मा लगाइ पानी र बिजुलीमाथिको अधिकार नेपाली जनताबाट छिन्दै राष्ट्रबादी देशभक्त आन्दोलनलाइ फेरि उठन नदिन प्रयासमा छ भने मदेश आन्दोलनको नाम खाइपाइ आएकालाइ पुर्नस्थापित गर्दै उत्पिडित समुदायलाइ फेरि दास बनाइ आन्दोलनलाइ सामुहिक बिद्रोह रोकी जनताको नेतृत्व आउन नदिने प्रयास गर्दैछ । समग्रमा यहा आआफ्नो रक्षा कसरी हुछ त्यता लागेका छन । नेपालमा तराइका जनताको समस्या बि स1910को लिखत , दोहोरो नागरिकता , सिमाका रैथानेलाइ बिदेशी देख्ने कारणले नै जेलिएको छ । यि अनेकौं कारणले बाह्य इन्ट्रेस्ट हाबी नेपालमा भएको हो । अब बाह्य हस्तक्षेप रोक्न नेपालले नेपाली जनताले सामुहिक बिद्रोह गरि स्वयतपत्रका आधारमा राज्य सञ्चालन बिधि मार्फत अघि बढने प्रणालीको बिकास गरि नेपाली नागरिकमा अपनत्व मालिकत्व र सार्बभौमनागरिक भएको अनुभुति महसुस गर्ने आधार तयार गर्नपर्छ । राज्ययन्त्र संचालन गर्दा राष्ट्र राष्ट्रियता राजनिति कुटनिति आर्थिक सामाजिक सांस्कृति र सामरिक सुरक्षाका मापनलाइ नेपाली जग र माटोको दृष्टीकोण बाट बिधिबत रुपले संबोदन गरी गर्नपछ । जिम्मेदारपुर्बक नेतृत्वदाहि तरिकाले सबैलाइ नियम नितिले बाधि बिज्ञहरुलाइ ततबमोजिमको जिम्मेदारी दिइ अघि बढे आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको न्युनिकरण हुने छ । मैले उठाएका बिषयलाइ उपस्थित बिज्ञहरुबाट सुझाउका साथ मनन गर्ने बिधिमा ध्यान जानेछ भन्ने अपेक्षा राखेको छु ।
योगेश बराल

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार