स्वर्गीय गौकुमार रानाकी धर्मपत्नीलाइ राहत


 

सिर्जना पौडेल

बाग्लुङ जिल्ला धुल्लुबास्कोट गाबिस वडा नम्बर दुई टोड्के घर भइ दुबईमा जबिल आलि डिआइपी कम्पनिमा कार्यरत ३७ बर्षिय गौकुमार रानाको असोज २० गते बुधबार हृदयघातका कारण सुतेकै बिस्तरामा मृत्यु भएको थियो।उहाँको घर परिवारलाइ सहयोग स्वरुप आज मंसिर २५ गते बाग्लुङ सेवा समाजका महासचिब यम थापा,केन्द्रिय सदस्य भानु शर्मा,महेश पौडेल लगाएतले नेपाली रुपिया १,७६,६००को चेक हस्तान्तरण गर्नुभएको थियो।

सीता राना र प्रदिप रानाको नाममा रहेको कुमारी बैंकको खाता नम्बर १५२२५२४४१४०५८०१४ मा सो रकम जम्मा गरिएको छ।जम्मा रकम दुबई एकता समाज र बाग्लुङ सेवा समाजको संयुक्त पहलमा संकलन गरिएको थियो।विशेष कार्यक्रमको
आयोजना सहित हस्तान्तरण गरिएको सो राहात कार्यक्रमको ब्यबस्थापन बिहानी एफएम ८९ मेगाहर्ज बरेङले गरेको थियो।

 

एस कार्यक्रमको संचालन कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो।कार्यक्रमको अध्यक्षता प्रकाश छन्त्यालले गर्नुभएको थियो, भने स्वागत

 

मन्तव्य
धुल्लुबास्कोट स्वास्थ चौकिका इन्चार्ज पदम थापाले राख्नु भएको थियो।
सो कार्यक्रममा बोल्ने सम्पुर्ण मित्रहरुले मृत आत्माको चिर शान्तिको कामना सहित सोकाकुल परिवारजन प्रती धैर्यधारण ब्यक्त गर्दै सहयोगी मनहरुलाइ धन्यवाद दिनु भएको थियो।यश कार्यक्रममा रास्ट्रीय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द ढुंगाना,धुल्लुबास्कोट गाबिसका भुतपुर्ब गाबिस अध्यक्ष गुणानिधी आचार्य,समाजसेवी,शिक्षक,बुद्धिजीवी,लगायत धुल्लुबास्कोट गाबिसका धेरै जसो ब्यक्तिको

उपस्थिति रहेको थियो।rahat

मृतक रानाको आफन्तको तर्फदेखी आफ्नो मन्तब्य राख्दै शिक्षक यम पुनले आज सम्मन सहयोग गर्ने सबै सहयोगी मनहरुलाइ धन्यबाद दिदै आफुहरु दुखद घडिमा हुदा खबर संकलन गरि अनि सेयर गरि सहयोग गर्नुहुने सिर्जना पौडेललाइ विशेष आभार प्रकट गर्नुभयो।आजको दिन सम्मन अरु देशमा रहनु भएका आफन्तजनको
पहलबाट कुमारी बैंकमा जम्मा भएको
रकम उपस्थित सम्पुर्णलाई यसरी सार्बजनिक गर्नुभयो।
धुल्लुबास्कोट गाबिसका बिदेशशमा रहेका युबाबाट १,३५,२००
प्रेम थापा साउदीअरब १०,०००
दुर्गा थापाको पहलबाट दुबईमा
उठेको रकम ६५,६,५३
रुपि श्रीसको पहलमा ओमनबाट ५३,३००
दुबई एकता समाज१,७६,६००
जम्मा:४,४०,७५३ रुपिया

मृत रानाको लास नेपाल ल्याउने काममा
पनि दुबई एकता समाज र बाग्लुङ सेवा समाजले ठूलो योगदान दिएको थियो ।त्यसैले लास पनि छिट्टै काठमाडौ
ल्याइएको थियो।।
स्मरण रहोस,स्वर्गीय रानाको एक अपांग प्यारालाइसेस आमा,एक श्रीमती,एक छोरा र एक छोरी हुनुहुन्छ।।।।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार