रमेश तामांगको कविता :आज चकमन् छ सुनसान गाऊहरू


rame

रमेश तामांग
अध्यक्ष्य अखिल कान्तिकारी रसुवा

कहा गयो रूदै रूदै यो गाउको छोरा
शून्य भयो लेकबेसी पाखा अनि पखेरा
साईला माईला साने बिरे खेल्ने ठाऊहरू
आज एक्लै रोईरहेछ सुनसान गाऊहरू

काहा गयो कान्छा भन्दै न्यउली चरी रोयो
काहा गयो बिरे भन्दै बिरहले गायो
गोठालामा हास्दै चल्दै खेल्ने ठाउहरू
आज चकमन्द छ सुनसान गाऊहरू

पहराको गुरास टिप्ने साईला काहा गयो
बासुरिको धुन झिक्ने झिल्के नै कहा रहयो
काहा गयो के भयो सुन्दर नाऊ हरु
आज एक्लै एक्लै छ सुन्दर गाऊ हरू

न कसैले ले हरण गर्यौ न कतै गयो
बालापनको लुकामारी सम्झना मा रहयो
सम्झनाले छाती पोल्दा दुख्छ घाऊ हरू
आज टोलाई रहेको छ सुनसान गाऊ हरु

कोही गए दुबई कतार कोही अन्त कतै
कोही गए मलेसिया भाग्य भबिस्य खोज्दै
भाग्य नै यस्तै रै छ सुनसान गा हरु
आज एक्लै एक्लै छ सुनसान गाऊहरू

लेकबेसी बाटो भनझ्यङ सबै सुन्य भयो
मरे बोक्ने छैन भन्दै माईली आमा रोयो
बिहानी को किरण सङ्गै हास्ने ठाऊ हरू
आज यस्तै यस्तै छ सुनसान गाऊ हरू

Loading...

यसमा तपाइको मत

अन्य समाचार