एउटा यस्तो बच्चा


aanda

उसको उमेर ६-७ बर्षको थियो, ऊ दिनहुँ जस्तो एक खेलौना पसलको अगाडी गएर उभिन्थ्यो अनि खेलौना निहालेर हेर्ने गर्थ्यो, खलौनको नजिकै जान्थ्यो अनि फेरी पछाडी हट्थ्यो, यो क्रम पसल वालालेपनि हेरी रहेको थियो अनि संगै चिया पसलमा बस्ने एक ब्यक्तिले पनी हेरिरहेको हुन्थ्यो, एकपटक त्यो पसलवालाले बच्चालाई भनेको हुन्छ, “तिमि यो गुडिया किन्न सक्दैनौ किनकि तिमीसंग एती धेरै पैसा छैन त्यो त निक्कै महँगो छ ” बच्चाले आफुसंग भएको पैसा गन्न थाल्छ अनि निराश भएर घर फर्कन्छ !

फेरी भोलिपल्ट बच्चा त्येही ठाउँ मा आउँछ अनि त्येही क्रम दोहोर्याउछ, नजिकै सधै चिया खाएर बस्ने मान्छे त्यो समयमा बच्चा नजिकै आएर भन्न थाल्छ “बाबु तिमीसंग त्यति धेरै पैसा छैन भने तिमि किन सस्तो खालको गुडिया किन्दैनौ ?” बच्चाले जवाफ दिन्छ “मलाइ त्येही गुडिया किन्नु छ किनकि त्यो गुडिया मेरो बहिनि लाइ निक्कै मन पर्छ म उसलाई उपहार दिन चाहन्छु, जब मेरो मम्मी बहिनि भएकोमा जानुहुन्छ म त्यो गुडिया बहिनीलाई पठाउन चाहन्छु” त्यो व्यक्तिले फेरी सोध्छ “अनि तिम्रो बहिनि कहाँ छिन त ?” बच्चा बोल्छ “बाबाले भन्नु भएको मेरो बहिनि माथि भगवानकोमा छिन रे अनि मेरी मम्मी पनि २-४ दिनमा बहिनि भएको ठाउमा जानुहुन्छ रे, हो त्येही मम्मी जाने बेलामा मा यो गुडिया बहिनीलाई पठाउन चाहन्छु” एती सुन्नासाथ त्यो व्यक्तिको आखा रसाउन शुरु भइसकेको हुन्छ तर बच्चा बोलि नै रहेको हुन्छ, “हुनत अंकल मैले प्रभुलाई प्राथना पनि गरेको छु अनि बाबालाई पनि भनेको छु कि म संग त्यो गुडिया किन्ने पैसा नहुन्जेलसम्म मम्मीलाइ बहिनिकोमा जान नदिनुस् ल भनेर, अब केहि दिनमा त मेरो पनि पैसा पुग्छ होला गुडिया किन्न लाइ” निरन्तर बच्चा बोलि नै रहन्छ “अनि अंकल यो मेरो फोटो म मम्मी संग यो फोटो पनि पठाउछु मेरो बहिनीको लागि ताकी बहिनि मलाई सधै माया गर्न सकुन, तर बाबा भन्नु हुन्छ मम्मी छिट्टै अब २-४ दिनमा नै बहिनिकोमा जानुहुन्छ रे !!” त्यो व्यक्ति सहनै सक्दैन झट्ट आफ्नो गोजीबाट १०० को नोट निकाल्दै बच्चालाई दिन्छ अनि भन्छ “बाबु तिमि संग भएको पैसा मलाई देउ अनि यो पैसा लिग अनि त्यो गुडिया किन ल ?” बच्चा रमाउदै आफ्नो गोजी को पैसा निकाल्दै त्यो व्यक्तिलाई दिन्छ, तर अहोभाग्य उसको गोजीमा सजिलै संग गुडिया किन्न पुग्ने पैसा हुन्छ,

व्यक्तिले बच्चालाई सम्झाउछ “तिमि संग त पहिलेनै गुडिया किन्ने पैसा रहेछ त ?” बच्चा आकाशतिर हेरेर बोल्छ “प्रभु तपाईलाई धेरै धेरै धन्यबाद !!” बच्चा फेरी त्यो व्यक्तिसंग बोल्न थाल्छ, “अंकल मैले हिजो प्रभु लाइ भनेको थिए कि मलाई एती पैसा दिनुस जसले म त्यो गुडिया किन्न सकु, त्येसो त म एउटा सेतो गुलाबपनी किन्न चाहन्थे तर प्रभुसँग धेरै माग्न मैले उचित ठानिन, तर प्रभुले मलाई एती पैसा दिनुभयो कि म गुडीयाको साथै सेतो गुलाब पनि किन्न पाउने भए, मेरो मम्मिलाई सेतो गुलाब निक्कै मन पर्छ नी त” त्यो व्यक्ति आखाभरी आँशु ल्याएर बच्चालाई ल बाबु आफ्नो ख्याल गर्नु भन्दै आफुलाई समालेर त्येहाबाट निस्कन्छ, बाटोभरी बच्चाको कुराले सताउछ, घर पुगेर पत्रिका पढ्ने क्रममा उसले पढ्छ कि एउटा जड्याहा ड्राइभर को लापरबाहीले गर्दा सडकमा हिडिरहेका आमा अनि छोरी उसको शिकार बनेर छोरीको त्येही मृत्यु भएको हुन्छ अनि आमा गम्भीर घाइते भएको हुँदो रहेछ, व्यक्ति फेरी सोच्न थाल्छ कतै यो घटना त्येही बच्चाको त होइन उसलाई झन् मर्माहित बनाउछ यो कुराले, भोलिपल्ट ठेगाना पत्ता लगाएर त्यो व्यक्ति जब त्यो बच्चाको घरमा पुग्छ त्येहा आगनीमा एउटा लाश राखिएको हुन्छ सेतो कपडा ओडाएर जसको छातिनिर त्येही गुडिया अनि सेतो गुलाब राखिएको हुन्छ अनि त्यो बच्चाको फोटो आमाको हातमा, व्यक्ति रुदै रुदै त्येहा बाट निस्कन्छ एउटा कुरा सोच्दै, कि एउटा रक्सि खाएको मान्छे अनि उसले चलाएको सवारी साधनले गर्दा एउटा बच्चाको बहिनि अनि आमा संग बिछोड भएको छ, जसलाई ऊ धेरै धेरै माया गर्थ्यो……….!!! यो कहानी लेख्दा अनि पढ्दा मेरो आखाबाट धेरै आशु बगे, साहेद तपाइको पनि आखा रसायो होला ? तर त्यो आखामा आएको पानीलाई आशु नसम्झिनुहोला, त्यो पानि बिशुद्ध भावना अनि मायाले बगेका अनमोल तरङ्ग हरु हुन्…… अन्तमा साच्चै मनमा यो कहानी बसेको हो अनि आखा रसाएको हो भने वाचा गर्नुस आजको दिनदेखि जाँड रक्सि खाएर सवारी साधन चलाउदीन भनेर अनि वाचा गर्नुस कान मा Earphone राखेर मोटर साइकल पनि चलाउदीन भनेर ?? तपाई Perfect हुनुहुन्छ होला तर तपाई भन्दा अगाडी यात्रा गर्ने वा सवारी साधन चलाउने Perfect नहुन पनि त सक्छ….. ll …..एक थोपा पानीको सम्मान गरौ….।। चाहे त्यो आकाशबाट खसोस् या आखाबाट..।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार