प्रमाणसहित आउनुहोस्, सम्पत्ति तपाईको नाममा’


Prakash-Dahal

काठमाडौं, २७ मंसिर । एकीकृत नेकपा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले प्रचण्डको नाममा छ भनेर प्रचार गरिएका सम्पत्ति प्रमाण लिएर आउनेको नाममा गरिदिने बताएका छन् । उनले प्रचण्डलाई बदनाम गराउने प्रयत्न भइरहेको भन्दै आरोप लगाउनेहरुलाई प्रमाणसहित आउन चुनौती दिँदै यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै उनले लेखेका छन्, ‘प्रचण्डलाई बदनाम गराउन यहाँ के–के टिगडम भएनन् र ? पार्टीमा कसैले गल्ति गरे प्रचण्डलाई दोष मन्त्रीले केहि गरे प्रचण्डलाई दोष । परिवारले गल्ति गरे प्रचण्डलाई दोष । प्रचण्डले अकुत सम्पति कमाए रे । ए बाबा त्यस्तो सम्पति कमाएको भए प्रमाणसहित आउनुस् त्यो सम्पत्ति फिर्ता गर्ने वा जसले प्रमाण लिएर आउछ उसके नाममा गर्ने जिम्मा मेरो भयो ।’ –

Loading...

यसमा तपाइको मत

अन्य समाचार