कता गुमनाम छन राजधानीका गुन्डाहरु


dipak manaGanesh_Lama_sajanchakereroj

काठमाडौं । परिस्थिति अनुकुल हुनासाथ चर्को चुरीफुरीका साथ प्रस्तुत हुने गुण्डाहरु जब परिस्थिति प्रतिकुल हुन्छ, तब गुमनाम जिन्दगी बिताउँछन् । अहिले परिस्थिति प्रतिकुल देखेरैहोला, काठमाडौंमा गुण्डागर्दी गरिहिँड्ने डनहरु गुमनाम जिन्दगी बिताइरहेका छन् । यसरी गुमनामा जिन्दगी बिताउनेहरु कोही विदेश भासिएका छन् भने कोही स्वदेशमै लुकेर बसेका छन् । प्रहरीको इन्काउन्टरमा कुमार घैटे र चरी मारिएपछि राजधानी केन्द्रित डनहरुको भागाभाग भएको छ । काठमाडौं भित्र रहेका डनहरुको पनि उति गतिविधि देखिएको छैन । बरु टोले गुण्डाहरु सक्रिय रहेका छन् । हप्ता असुल्नेदेखि अनावश्यक रुपमा आर्थिक उपार्जन गर्ने कार्य भैइरहेहको छ । बालाजुका साजन महर्जन, शशी अधिकारी, सामाखुसीका सानुभाइ, स्वयम्भुका दावा लामा लगायतका नाम चलेका डनहरुको गिरोह अहिले निक्रिस्य छ । गुण्डाहरुको पनि गुण्डाको रुपमा चर्चित ठमेलका दिपक मनाङ्गे फोन स्विच अफ गरेर सम्पर्क विहिन भएका छन् । ठमेलको सञ्चय कोषनेर नियमित जसो भेटीने मनाङ्गेले ठमेल छोडेसँगै असुली धन्दामा कमी आएको छ ।

व्यापारीहरु भन्छन् अन्य टोले गुण्डाहरुले भने हप्ता असुली छोडेका छैनन् । त्यस्तै मधेशी जनअधिकार फोरमका नेता समेत रहेका गणेश लामा पनि सम्पर्कविहिन छ । उनले बोक्ने सबै नम्बर अफ छन् । केहि समय अगाडि जग्गा सम्बन्धि विवादमा तानिएपछि लामा सम्पर्कविहिन भएका हुन् । ललितपुरका मिनकृष्ण महर्जन, बागबजारका दोर्जे समेत अहिले सम्पर्कमा छैनन् । बागबजार, पुतलीसडकमा अखडा बनाउदै आएका फिल्म निर्माण र कांग्रेसको तरुण दलका नेता समेत रहेका रोज राणा विगत दुई वर्षदेखि गुमनाम छन् । बरु राणाको ठाउँमा करण केसीले गतिविधि रहेका छन् । अधिकांस गिरोहहरु निस्किृय भैइराखेको अवस्थामा प्रहरी भने नाम चलेका डन दावा लामाको इन्काउन्टर हुन सक्ने बताउन थालेको छ । यसका कारण गिरोहहरुलाई झन् डर बढाएको छ । सक्रिय रुपमा अपराध संग्लनहरुको कनेक्सन ठूला नेतादेखि प्रहरीका वडा वडा हाकिमसम्म हुने हुँदा काठमाडौं गुण्डागर्दी हट्ने देखिदैन । केहि केटाहरुलाई डन रुपमा व्याख्या गरिएपनि अधिकांस ठूला व्यावसायीहरुले गुण्डा पालेका छन् । सुनदेखि प्लाष्टिकमा समेत तस्करी र गुण्डागर्दी भइरहेको छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार