माघमा बिहे हुनेमा मुकुन्दे ढुक्क


mukunde

ह्यारी पोर्टर जस्तै भर्‍याङ मुनिको कोठामा बसेर नारायणहिटीको धुरी चढ्ने सपना देख्ने मुकुन्देको कथा मुकुन्दायण लेख्ने अर्की जेके रोलिङ चाहियो।
माथिका हरफ कुनै दार्सनिक नभई राजधानीतिर रास्ट्रपति हुन्छु भन्दै ज्ञानको खोजि निस्केको कुनै दन्त्यकथाको राजकुमार झैँ लाग्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देको हो ! मध्य सहरको मुख्य पार्कको कप्राको रुखमा बसी देशको राजनीतिलाइ लोपा खुवाऊने मुकुन्दे आजकाल बागबजार लागेयतका चिया पसलहरुमा भेटिन्छन ! बिहान घट्टेकुलो रहेको कोठामा गायत्री मन्त्र जपेर सहर पस्ने मुकुन्दे दिनभर लोकप्रिय सामाजिक संजाल ट्वीटरमा ब्यस्त रहन्छन ! नेपालको ट्वीटर प्रयोगकर्ता मध्ये उनि अब्बल छन ! झन्डै चालिस हजारले उनलाई फलो गरेका छन ट्वीटरमा !
बिस्व प्रसिद्ध बालकथा ह्यारी पोर्टरको मुख्य पात्र ह्यारी पोर्टर झैँ भर्यांगमुनिको कोठा बस्ने मुकुन्दे यो माघमा आफ्नु प्रिय इन्दिरालाइ लगनगाठो कसेर राष्ट्रपति हुनको लागि बाकी तयारी थाल्ने बताउँछन ! भन्छन म रास्ट्रपाति भएपछि भुतघर सितल निवास जान्न ! नारायणहिटीको सक्तिसाली रास्ट्रपति बन्छु !
उनले यो देशको सक्तिसाली प्रथम महिला हुन् इच्छुक नानीहरुको को ताती लागेको समेत खुलासा गरे ! यो माघमा जनता दिपेन्द्रको साटो मुकुन्देको जन्ते बाख्रो खान पाउँछन रातो न्युजसंग मुकुन्देले भने !यो देशमा म बिहे नभई मरे भने जनतालाइ एक ५ दसक बाडुलकी लाग्नेछ !
बालकृष्ण समको सुखान्त नाटक मुकुन्द इन्दिरा, अन्तिम हरफ साभार गरेर सामाजिक संजालमा मुकुन्दले यस्तो लेखेका छन :
ओछ्याई प्रेमको तन्ना टम्म नेपालमा कसी
सेवाको पौडी खेलौंला पसिनामा दुवै पसी ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार