दिक्तेल बजारमा भीषण आगलागी


, पुष २ । खोटाङको दिक्तेल बजारमा भीषण आगलागी भएको छ । बिहिबार दिउँसोदेखि सुरु भएको आगलागीमा परी एकदर्जनभन्दा बढी घर जलेर ध्वस्त भएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी आगो नियन्त्रण गरिरहे पनि दिक्तेल नगरपालिकाको रत्नपार्क क्षेत्रमा अझै नियन्त्रणमा आइसकेको छैन् ।
दमकलको प्रयोग गरिएपनि आगलागी अझै पूर्ण नियन्त्रण भएको छैन । आगलागीमा परी मानवीय क्षति भने भएको पुष्टि भएको छ्न । लाखौंको धनमालको क्षति भएको प्रारम्भिक अनुमान छ । रत्नपार्क क्षेत्रमा रहेको हिरालाल पुरीको घरमा विद्युतीय सर्ट सर्किटमा आगलागी भएपछि अन्य क्षेत्रमा फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

एभरेष्ट दैनिकbat

Loading...

यसमा तपाइको मत

अन्य समाचार