सुभद्रा ढकालको गजल :लिलामि भाे खेतबारि बाटाे हेर्दाहेर्दै


subhadra

सुभद्रा ढकाल

अाउँछाै भनी वारिपारी बाटाे हेर्दाहेर्दै
महिनाै काटे अाँसु झारि बाटाे हेर्दाहेर्दै

बिवाहकाे ऋण तिर्न तिमी मुग्लान भासिए पछि
लिलामि भाे खेतबारि बाटाे हेर्दाहेर्दै

सपनिमा छुन खाेज्दा क्षितिजमा हराउँथ्याै
समीप अाउथे बन्दुक धारि बाटाे हेर्दाहेर्दै

तिम्राे नामकाे चुरापाेते सिन्दुर खाेसि नियतिले
लगाइदियाे सेताे सारी बाटाे हेर्दाहेर्दै

Loading...

यसमा तपाइको मत

अन्य समाचार