एनसेलमा नक्कली कारोबार गर्ने नक्कली नागरिक सोमाको दादागिरि


ठूलालाई चैन, सानालाई ऐन भन्ने भनाई नेपाली समाजमात्र नभई ठूला ठूला बहुराष्ट्रिय कम्पनीमा पनि लागु भएको छ । विगत ३ महिनादेखि नेपाली दुरसञ्चार कम्पनी एनसेल भित्रको एउटा यस्तै घटनाले आम नेपाली जनमानसलाई अचम्मित बनाएको मात्र छैन कानुनको समेत खिल्ली उडाइएको छ ।
विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय, प्रहरीबाट प्राप्त पत्रलाई एनसेल व्यवस्थापनले वेवास्ता गरेको छ । तत्कालिन स्पाइस नेपाल र हालको एनसेलमा ग्राहक सेवा केन्द्रका निर्देशनको रुपमा कार्यरत सोमा थापा अहिले विभिन्न कारणले गर्दाविवादमा परेकी छन् ।

 
Ncell_logo_thumb[3]

पर्सा निवासी युवराज थापासँग विवाह गरेपछि गत असोज ५ गते अंगिकृत नेपाली नागरिकता लिएकी सोमा थापा भारतको कोलकातास्थित बुर्तालामा जन्मिएकी हुन । नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।
काठमाडौंस्थित भारतीय दूतावासको पत्रले पनि उनी अझै भारतीय नागरिक रहेको पुष्टि गर्दछ । सोमाले भारतमै रहँदा भारतीय नागरिकताको आधारमा मतदाता परिचयपत्र लिएकी थिइन् । उनको मतदाता परिचय पत्र डब्लुबी र २१/१४१/१६२२५१ हो । युवराज थापासँग विहे गरेपछि पर्सा बाट २०७२/०६/०६ मा २१२१ क्रम संख्या भएको अंगीकृत नागरिकता लिएकी छन् । नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएकी छन् ।
एउटा अंगिकृत नागरिकता लिएकी भारतीयलाई बचाउने हर प्रयास एनसेल व्यवस्थापनले गर्दै आइरहेको छ । एनसेललाई जिल्ला प्रशासन कार्यलय र नेपाल प्रहरीबाट दोहोरो नागरिकताको विषयमा पत्र प्राप्त भएपछि भारतीय राजदूतावासलाई एउटा पत्र काटिएको थियो । जसको जवाफमा भारतीय राजदूतावासले सन् २०१५/९/२२ मा दिदै सोमा भारतीय नागरिक भएको उल्लेख गरेको छ । तर ऐनसेलले भने थापाको नागरिकताको विषयमा कम्पनीको कुनै प्रतिक्रिया नरहेको भन्दै उनले पेश गरेको नेपाली नागरिकताका आधारमा कम्पनीमा काम गर्दै आएको जनाएको छ ।
कम्पनीद्वारा जारी वक्तव्यमा नागरिकताको कुरा थापाको निजी विषय हो भन्दै उनको नागरिकता वैधानिक हो होइन भनेर प्रश्न गर्ने ठाउँमा कम्पनी नरहेको स्पष्ट पारेको छ । एनसेलले जिल्ला प्रशासन कार्यलय र प्रहरीबाट प्राप्त पत्रलाई हल्लाको संज्ञा दिएको छ ।
हाल मात्रै सरकारबाट धेरै कर तिर्ने कम्पनीको पुरस्कार पाएको यदि देश कै नियम कानुन मान्दैन भने एनसेल नेपाल कै लागि भन्ने नारा कुन अर्थमा सहि हो ? एक जना कर्मचारीको कारणले कम्पनी कै बेइज्जती भएपनि एनसेलले सोमालाई बिदा गर्ने निर्णय लिन सकेको छैन ।
सोमा जसरी भएपनि आफ्नो मुद्दा मिलाउने खेलमा लागेकी छन् । उनी कहिले बिरामी बिदा त कहिले बेतलबी बिदा बस्दै आएकी छन् । सोमा बिदा लिएर भारत गएकी थिइन् । एनसेल भित्रको भ्रष्टचार काण्डमा मुछिएकी दोहोरो नागरिकताधारी सोमा थापाले भारतीय दूताबासबाट मसेत दुई थरी पत्र लेखाएकी छन् ।
एउटा पत्रमा सोमा भारतीय मतदाता भएको जनाइएको छ भने अर्को पत्रमा आफ्नो कर्तुतहरु लुकाउनका निम्ति ढाकछोप हुने खालको चिठी तयार गर्न लगाएकी यूनाइटेड पोष्टमा खवर छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार