सदनमा नै ‘ब्लू फिल्म’ हेर्ने यी कस्ता सभासद


। सदन चलिरहेका बेला पोर्न मूभी (अश्लील भिडियो) हेरिरहेको भेटिएपछि भारतीय काँग्रेस आईका एक सभासद् पक्राउ परेका छन् । भारतको ओडिसास्थित विधानसभाको बैठकमा ब्लू फिल्म हेर्न थालेपछि सभासद् नाबा दास पक्राउ परेका हुन् ।

उनले आफ्नो स्मार्ट फोनमा संसद र सभासद्बीच प्रश्न उत्तर चलिरहेका बेला पोर्न हेरिरहेको भेटिएको थियो । त्यसपछि उनलाई तत्काल प्रहरीले गिरफ्तार गर्यो ।

nava das
आजतकका अनुसार बीजेडी नेत्री तथा महिला मोर्चाकी अध्यक्ष प्रमिला मलिकले यो घटना निकै लज्जास्पद् भएको भन्दै निन्दा गरेकी छन् । यो विषयलाई उनीहरुले विधानसभाका अध्यक्षसामु पनि उठाएका छन् ।

राज्यसभा कांग्रेसले पनि घटनाको छानबिन भइरहेको जनाएको छ । प्रदेशसभाका कांग्रेस महासचिव शुलोचना दासले निकै दूूूर्भाग्यपूर्ण घटना घटेको बताईन् । उनी दोषी पाइए कारबाही हुने जनाइएको छ ।

यसैबीच आरोपित सभासद् दासले आरोप स्वीकारेको आजतकको अनलाईन संस्करणमा खबर छ । उनले आफूले पोर्न मूभीको भिडियो क्लिप हेरेको स्वीकारे । भूलवश आफूले गल्ति गरेको उनको स्वीकारोक्ति छ ।

तर उनले विधानसभामा किन फोन लगेको भन्ने बरे स्पष्ट जवाफ दिएका छैनन् । ओडिशा विधानसभाकाअनुसार सत्र चलिरहेको बेला सदनमा फोन चलाउने अनुमति छैन ।साझा पोस्टबाट

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार