बयालीस केजीको झोलामा हजारौ सपनाहरु पोको पारेर


pratima

प्रतिमा भट्ट

जब तपाई खुला आकाशमूनि बसेर आफ्नो शीर ठाडो पारेर माथि हेर्नु हुन्छ,तब तपाईको मनमा धेरै कुराहरु पाउनु हुन्छ । एउटा नयाँ विचार अनि खुला साेंचले तपाईको मनमा जन्म लिन्छ । तपाईका ती आँखामा सुन्दर सपनाहरु सजिन थाल्छन् अनि मनमा  खुशीहरु छचल्किन्छन । तपाई त्यो आकाशसँगै मुस्कुराउनु हुन्छ अनि तपाई बोल्नु भन्दा पूर्व  नै तपाईका नयनहरु बोल्न थाल्छन् । त्यसका पछाडि धेरै  कारणहरु हुन सक्छन् । कोहि  त्यो आकाशमा उडेको चरीलाई हेरेर आफू पनि त्यसै गरि फरफराउने  सपना कल्पना गर्दै हुन्छन् अनि कोहि  भने आफूले देखेका सपना पुरा हुन्छन् कि हुन्नन् । हुन्छन् भने कति बेला कहाँ गएर हुन्छन् भन्ने प्रश्नको उत्तर बदलिदो मौसमसगै बदलिने त्यो निलो आकाशको झुटो सौन्दर्यभित्र खोजिरहेका हुन्छन्,जुन कति खेर कालो हुन्छ पत्तै हुन्न । साँच्ची खुला आकाशमनि बसेर सपना बुन्ने त तपाई हामी सबैको नैसर्गिक प्रकृति हो । तर फरक त्यतिबेला नजर आउछ  जति बेला नदेखिकनै कसैका सपनाहरु पूरा हुन्छन् अनि देख्दा देख्दै कसैको आँखा अगाडि नै सपनाहरु टुक्रा टुक्रा हुन्छन् । शाउद सुरु यहाँबाट हुन्छ जीबन तपाईको, उसको अनि मेरो ।

तपाईसँग,उसँग अनि मसग छुट्टा छुटै सपनाहरु छन्, त्यही सपनाहरुलाई पूरा गर्ने आशा  बोकेर आज हामी आफ्नो जन्मभूमिलाई छाडेर यो बिरानो ठाउँमा बसिरहेका छौं । कोही रहरले आए होलान् कोही बाध्यताले । अनि कोही आफ्नो देशमा  परिस्थिसंग लड्ने सम्भावना खोज्दै यहाँसम्म आइपुगे होलान् । अर्काको देश, अर्काको संस्कृति अनि अर्काको रीतिरिवाज ! समयले मान्छेलाई कहाँबाट  कहाँ पुराउने रैछ त ?  तर  जे जस्तो भएपनि आफ्नो देश  र अरुको देशमा धेरै फरक हुन्छ । भनिन्छ नि अरुको देशमा सुन फल्ने भूमि भए पनि आफ्नै देशको अन्न उब्जने माटोको  माया  लाग्छ । फरक यति  हो कि हामी आफ्नो देशको अन्न उब्जने माटोको महत्वलाई लत्याएर अरुको मुलुकमा सुन खोज्दै आउँछौं । तर अफ्न्नो माटोको माया अनि मूल्य त्यतिखेर थाहा हुन्छ जतिबेला पराई मुलुकको सुख अनि सम्पन्नताको अगाडि पनि तपाइको  मनले आफ्नो देशको छाया अनि  शीरमा  आमाको हातको ममत्वपूर्ण स्पर्श खोज्छ  । जब तपाइको आखाले आफ्नो जन्मभूमिको न्यानो हाँसखेल सम्झन्छ, त्यतिखेर थाहा हुन्छ जन्मभूमिको काख अनि पराइ मुलुकको लाखमा कति भिन्नता हुन्छ । त्यतिखेर हजुरको आँखाबाट बलिन्द्र धारा आँसु झर्छ जति बेला जन्मभूमिमा खुशी खुशी काटेको दुखको अगाडि निन्द्रा मारेर  कमाएको लाखको रंग फिक्का पर्छ ।

सरसर्ती हेर्दा जीवन कति सजिलो छ यहाँ । भन्नेहरुले भन्छन् पनि पैसा कमायो घुम्यो तिमीहरुलाई केको पिर छ र ? तर तिनीहरु कत्ति छिट्टै बिर्संछन्  कि बाहिरबाट हेर्दा उज्यालो देखिने मञ्चको पछाडिको भाग  कहिँ न कहिँ अध्यारो हुन्छ भन्ने । तर विदेशको वास्तविक जीवन यहाँ आउने अनि भोग्नेलाई मात्र थाहा हुन्छ  । बयालीस केजीको झोलामा हजारौ सपनाहरु पोको पारेर देशलाई छाडेर आउन जति सजिलो हुन्छ,त्यति नै  गाह्रो हुन्छ  ती पोको पारेको झोला भित्रको सपनाहरुलाई समेटेर साकार पार्न । स्वदेशमा  बसेर विदेशको कल्पना गर्नेहरुलाई के थाहा विदेशमा कार चढेर हिड्नमा त्यति खुशी मिल्दैन जति खुशी आफ्नै देशमा माइक्रो बसमा बस्ने दाजुभाइले सिट भरिएर टन्न मान्छे हँुदा नि ल हजुर रत्नपार्क आउनुस पूरै सिट खाली छ भनेको सुनेर हाँस्दामा आउँछ । पिज्जा अनि बर्गर खाँदा नेपाली भोजन सम्झिने कुरा त अझ कति हो कति । आफ्नो देशको सानो सानो कुराहरु सुनेर आँखा रसिलो हुँदा बल्ल महसुस हुन्छ स्वदेशको दुख अनि विदेशको सुखबीचको मूल्यको अन्तर ।

भन्नेहरुले भन्छन् पनि पैसा कमायो घुम्यो तिमीहरुलाई केको पिर छ र ? तर तिनीहरु कत्ति छिट्टै बिर्संछन्  कि बाहिरबाट हेर्दा उज्यालो देखिने मञ्चको पछाडिको भाग  कहिँ न कहिँ अध्यारो हुन्छ भन्ने । तर विदेशको वास्तविक जीवन यहाँ आउने अनि भोग्नेलाई मात्र थाहा हुन्छ  । बयालीस केजीको झोलामा हजारौ सपनाहरु पोको पारेर देशलाई छाडेर आउन जति सजिलो हुन्छ,त्यति नै  गाह्रो हुन्छ  ती पोको पारेको झोला भित्रको सपनाहरुलाई समेटेर साकार पार्न ।

झन् वर्षमा एकचोटी आउने दशैँ अनि तिहारमा बसेर रमाइलो गर्न नपाउँदा त संसारकै सबैभन्दा दुखी आफू नै भएको महसूस हुन्छ । नेपालमा घुक्र्याउँदै रात दिन नभनी आनन्दले सुत्न्नेहरुलाई समयको महत्व त्यतिखेर थाहा हुन्छ जतिबेला जोर तारिखमा काममा निस्केर बिजोर तारिखमा घर फर्कनुपर्छ । हेर्दा सजिलो देखिने बिदेशी जीवन कति कठिन छ,नभोगी थाहा हुन्न । जति दुख विदेशमा गरिन्छ,त्यति नेपालमा गर्ने हो भने शायद कमै नेपालीहरु सम्भावनाको खोजी गर्दै विदेश आउछन् । कुरा आउँन सक्छ,रोजगारीको । तर रोजगारी दिने हैन सिर्जना गर्ने हो । देश बिकसित त्यतिबेला हुन्छ जतिखेर तपाईको सोचमा विकास आउँछ । सबै कुरामा सरकारको मूख ताक्ने प्रवृत्ति बन्द गर्नुस् अनि आफैंबाट शुरुवात गर्नुहोस् । त्यसपछि मात्र सुरु हुन्छ देश विकासको काम ।

हामी सबैको सपना भनेको देशमा सुरक्षा, शान्ति अनि विकास हो ।  कोही पनि चाहन्न् कि आफूले देखेको सपना  पूरा नहोस् । भलै सबैले देख्ने सपना अलग अलग होलान् । तर प्रयास नगरी कुन पो सपना पूरा हुन्छ र ? स्वदेश हो या विदेश जहाँ रहे पनि जीवनको गन्तव्य कहाँ हो त्यो तय हुन आवश्यक छ । अनि त्यसरी तय गरिएको गन्तव्यमा ढिलो या चाँडो अवश्य पुग्न सकिन्छ । त्यसबीचमा अनेकन दुख वा अवरोधहरु आउँन सक्छन् । त्यसलाई पनि चिरेर जो अघि बढ्न सक्छ,उही नै गन्तव्यमा पुग्न सक्छन् ।

अनि विर्सन नहुने अर्को कुरा के छ भने आफ्नो गन्तव्यमा पुग्न हामी आफैं हिड्नुपर्छ । त्यसरी नै जे गर्नुछ,हामी आफैंले गर्नुपर्छ । हाम्रो छिमेकीले गरिदिदैनन् । रोए पनि कराए पनि हाम्रो  हिस्साको संघर्ष हामीले  नै गर्नुपर्छ । जस्तो नेपालको अहिलेको  स्थितिबाट चिन्तित भएर नेपालमा बस्ने मात्र होइन विदेशमा बस्नेहरुले समेत साझा आवाज उठाईरहेका छन् । तर तपाइले देख्नुभयो होला नेपालीहरुले नारा लगाइरहँदा कुन चाहिं हाम्रा छिमेकी मुलुकका साथीहरुले हाम्रो साथ दिए ? यसले के पुष्टि गर्छ भने हाम्रो दुख हाम्रो छिमेकीले बुझ्दैनन् । उनीहरुले त मात्र सहानुभूति देखाए जस्तो मात्र गर्ने हो ।
त्यसैले यतिखेर देशले सकरात्मक सोंच र राष्ट्रिय एकता खोजिरहेको छ । यस्तो परिस्थितिमा विदेश ताक्दै हिडेर मुलुकको समस्याको समाधान पक्कै हुँदैन । अनि आफ्नो मुलुक समस्याले ग्रस्त भैरहेको देखेर कुन चाहिं खाँटी नेपालीको मन खुशी हुन सक्ला र ? त्यसैले यतिखेर सबै नेपालीको मनको आवाजलाई स्वर्गीय जनकवि केशरी धर्मराज थापाका यी शब्दहरु आज पनि उत्तिकै सान्दर्भिक लाग्छन्–
धुरु धुरु नरोए आमा,तिम्रो आँसु पुछिदिने मै छु नि !

–  हिमालयन कंगारुbat

Loading...

यसमा तपाइको मत

अन्य समाचार