प्रमिला परिको गजल : हेर्दै जानुस बिवाहपछि छोरा बुहारीको हुन्छ


खै यहा को आफ्नो?आफ्नै सन्तान व्यभिचारिको हुन्छ
हेर्दै जानुस बिवाह पछि छोरा बुहारिको हुन्छ।।

बाच्दैहुनु होला आज तपाई महलमा रमेर
अझै ज्यादा माया त त्यै घरबारिको हुन्छ॥
prmila
भैसिलाई सिङ जति नै होस फरक पर्दैन
तर छोराका लागि बाबु आमा भारिको हुन्छ॥

आफ्नै माटोमा पुगेन कमाई विदेश भासियौ
गहिरी खेत नसम्झनु फर्कदा त्यो टारिको हुन्छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार