टहरामा दुखमा स्वाईन फ्लूको पिडा


काठमाडौँ, ५ पुस : पालमा बस्दै आएका धादिङका भूकम्पपीडित एक युवामा स्वाइन फ्लु देखिएको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको परीक्षणमा ती युवामा स्वाइन फ्लु प्रमाणित भएको हो । प्रयोगशाला प्रमाणित स्वाइन फ्लुको उपचारपछि ती युवा शनिबार डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालमा करिब एक साताअघि भर्ना भएका २८ वर्षीय ती युवा केही महिनायता आफ्नो गाउँबाट कतै गएका थिएनन् । उनलाई खोकी, ज्वरो, घाँटीमा खसखस, जोर्नी दुखाइलगायतका लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो । संक्रमणले सामान्य स्वस्थ व्यक्तिलाई खासै फरक नपारे पनि बालबालिका, वृद्घवृद्धा, गर्भवती, दम, श्वास रोगी, क्यान्सर भएका, अंग प्रत्यारोपण गराएका, एचआईभी/एडसलगायत रोग प्रतिरोधक क्षमता कम भएकाहरूका लागि जोखिमपूर्ण मानिन्छ ।

‘ती युवाको चिकित्सकीय इतिहासले पालमा बस्ने धादिङको भूकम्प प्रभावितमा स्वाइन फ्लु संक्रमण देखिन सक्ने संकेत गरेको छ,’ अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले भने, ‘राजधानी मात्र नभई भूकम्पपीडित क्षेत्रहरूमा समेत मौसमी रुघाखोकीसँगै स्वाइन फ्लुको सम्भावना छ ।’

भूकम्पबाट बढी प्रभावित १४ जिल्लाका पीडितहरूको स्वास्थ्य जोखिमपूर्ण रहेको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘पालमा सानो ठाउँमा, धेरै जना मिलेर बसेका छन् ।कान्तिपुrबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार