बाबा हजुरलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर भन्न नसकोस


ek

एक सात बर्षिय छोरा, जसले उपल्लाे कक्षामा भर्ना हुन पायो । कक्षामा उ सधैँ अब्बल दर्जामा आउँदै थियो । हिजो मात्रै हो तलब आएको, मैले उसलाई नयाँ स्कूल ड्रेस अनि जुत्ता किन्न बजार लिएर गएँ । पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक बर्षलाई त भैहाल्छ नि भन्दै जुत्ता किन्न लाई इन्कार गर्यो । बरु मलाई जुत्ता किन्नको साटो हजुरबुवाका कमजोर आँखाका लागि नयाँ चश्मा किन्नका लागि सुझायो । छोराले हजुरवुवालाई अत्यन्यै माया गर्छ आफ्नो जुत्ता भन्दा हजुरबुवाको चश्मा बढि जरुरी ठानेर त्यसो भनेको होला भनेर मैले आफैलाई सँझाएँ ।

जुत्ता पछि मैले उसलाई पोशाक पाइने पसलमा लिएर गएँ । पसलवालाले छोराको साइजको सेतो कमिज निकाल्यो, शरिरमा बाहिरबाटै सजाएर हेर्दा एकदम फिट भएको थियो । तर पनि उसले अलि लामो कमीज देखाउन भन्यो अनि मैले किन यसो भनेको यहि त ठिक्क भएको छ नि भन्दै थिएँ । केहि छैन बाबा कम्मरमा त मैले कमीज भित्रै हाल्नु पर्छ अलि अलि ठूलो भएर केहि हुन्न अलिकति ठूलो भयो भने यहि कमिजले मलाई अर्को साललाई पनि काम लाग्छ म अलिकति बढेँ भने पनि यसैले हुन्छ । पोहोर सालको कमीज पनि त नयाँ जस्तै त छ नि तर अलि छोटो भएर पो लगाउन नमिलेको भनेर आफैलाई सम्झायो ।

म बोल्नै सकिन लुरुलुरु दुबैजना घर आइपुग्यौँ । घर आए पछि छोरो सँग सोधेँ तिमिलाई यति धेरै कुरा कस्ले सिकाउँछ । बाबा म देखिरहन्छु कहिले आमाले आफ्नो साडी नकिनेर कहिले हजुरले पुरानै जुत्ता मर्मत गरेर पनि मलाई नयाँ किताब अनि कपडाहरु किनिदिनु हुन्थ्यो ।

टोल छिमेकमा सबै जना भन्ने गर्दथे हजुर एकदम इमान्दार मानिस हुनुहुन्छ । अनि हाम्रै छिमेकी राजुको बाबालाई सबैजना चोर, कुकुर, बेइमान, भ्रष्टाचारी यस्तै के के जाति भन्ने गर्दथे, जबकी हजुरहरु दुबै जना एकै अफिसमा काम गर्नु हुन्थ्यो । जब मानिसहरु हजुरको प्रशंसा गर्दथे मलाई एक दम आनन्द लाग्दछ खुशी लाग्दछ । आमा र हजुरबुवा पनि हजुरको उस्तै तारिफ गर्नु हुन्छ ।

बाबा, म चाहन्छु कि बरु मलाई जिवनभर कुनै नयाँ कमीज नमिलोस, नयाँ जुत्ता नमिलोस तर हजुरलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर आदि यस्तै भन्न नसकोस । म हजुरको ताकत बन्न चाहन्छु कम्जोरी होइन । छोराको कुरा सुनेर म निरुत्तर थिएँ । आज पहिलो पटक मलाई मेरो इमान्दारीको इनाम मिलेको थियो । जिवनकाल भर धेरै दिन पछि आँखामा खुशी, गर्व र आत्म सम्मानका आँशु बगिरहेका थिए । (सामाजिक संजालमा भेटिएको यो सामग्रीको आधिकारिता भेटिएको छैन योगेश गुप्ता र संदेश सुबेदी लगाएतले यो सामग्री आफ्नु वालमा राखेका छन ! पाठकहरुलाइ पेरणा मिलोस भनेर साभार गरेका हौ सम्पादक )

Loading...

यसमा तपाइको मत

अन्य समाचार