डीसहोममाथि आक्रमण गरेको झुटो आरोप लागेका पत्रकार तथा जन सास्कृतिककर्मी निलगगनलाइ रिहा गर्न चौतफी माग


काठमाडौं !अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले संगठनका केन्द्रीय सदस्य, उपत्यका ब्युरो सदस्य एवं ललितपुर जिल्ला संयोजक जीवेन्द्र शाही ‘नीलगगन’ लाई तत्काल रिहा गर्न माग गरेको छ !
महासंघको आइतबार बसेको बैठकले शाहीलाई ललितपुर प्रहरीले झूट्टा आरोप लगाएर चार दिनअघि गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरिए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ! महासंघको उपत्यका ब्यरोको शनिबार काठमाडौंमा बसेको बैठकले पनि शाहीलाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा आन्दोलनमा उत्रिन बाध्य ह’ने निर्णय गरेको छ !
यसैबीच स्रष्टा समाज काठमाडौं नेपालले कवि एवं सञ्चारकर्मी जीवेन्द्र शाही ‘नीलगगन’ लाई तत्काल मुक्त गर्न सरकारसँग माग गरेको छ ! शाहीलाई डिस होमसम्बन्धी नक्कली घटनामा फसाएर गिरफ्तार गरी तीन दिनदेखि हिरासतमा राखिएको भन्दै समाजका अध्यक्ष अतृप्त पाण्डेयले उक्त कार्यप्रति खेदसमेत व्यक्त गरेका छन् !
शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी स्रष्टाले पाण्डेयको मागको समर्थन गर्दै शाहीलाई बिनासर्त रिहा नगरिए आफुहरू सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए !यसैक्रममा माक्र्सवादी साहित्य प्रतिष्ठान, रामेछाप साहित्य प्रतिष्ठान र हित–जु“न साहित्य प्रतिष्ठानले पनि प्रेसविज्ञप्ति जारी गर्दै शाहीलाई तत्काल रिहा गर्न माग गरेका छन् . शाही व्यक्त जनविचार साप्ताहिकका विशेष संवाददाताका साथै माक्र्सवादी साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत ह’न् .! उनि ब्यक्त जनबिचार साप्ताहिकमा समेत आबद्ध छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार