प्रमिला परीको गजल ;गर्दिन रे घरका धन्दा विहान बेलुकिमा।


prmila

बिहान उठि कलेज जान्छे भनेनौ र प्रिय?
पछि पछि गाड लान्छे भनेनौ र प्रिय??
गर्दिन रे घरका धन्दा विहान बेलुकिमा।
सबसे ठुलो पैसा ठान्छे भनेनौ र प्रिय??

जिन्दगी यो दुई दिनलाई रमाईलो गर्न भनि।
जाँड रक्सी चुरोट तान्छे भनेनौ र प्रिय??

टाईम पास गर्न भनि रेष्टुरामा धाई धाई॥
ट्यापे मुन्द्रे मात्र छान्छे भनेनौर प्रिय??

बिहान उठि हिडेपछि राति राति आउछे घर।।
छड्के हेराई केटा हान्छे भनेनौ र प्रिय??

घरमा तकमै हुन्छे बाहिरै हुन्छ बाँस
हिजोआज डान्सबार धान्छे भनेनौ र प्रिय??

Loading...

यसमा तपाइको मत

अन्य समाचार