एमाओबादीले अर्को बर्ष महाधिवेशन गर्ने


काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को वर्ष महाधिवेशन गर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘२०७३ सालभित्र महाधिवेशन गर्दै पार्टीलाई व्यवस्थित गरिनेछ,’ दाहाललाई उदधृत गर्दै बैठक स्रोतले भन्यो, ‘संविधान बनिसकेपछिको अवस्थामा पार्टीको वैचारिक कार्यदिशालाई स्पष्ट गर्न, संगठनको भावनात्मक एकीकरण गर्न पनि यो आवश्यक भइसकेको छ ।’

दाहालले पार्टीलाई नेपालको क्रान्तिकारी धाराको मूख्य कम्युनिस्ट धारका रुपमा अघि बढाउनेगरी निर्णय लिँदै जाने समेत बताए । मंसिर १५ देखि सुरु एमाओवादी केन्द्रीय समितिमा दाहालको राजनीतिक प्रतिवेदनमाथि १ सय १७ केन्द्रीय सदस्य, पदाधिकारीले बोलेका थिए । उनीहरुले बोलिसकेपछि छ दिन स्थगित बैठकमा आइतबार दाहालले जवाफ दिएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार