हाङयुग अज्ञातको चाउचाउ कविता :एत्राको रामराज्य ।


 

 

हे ! जानकी !
धार्मिक आस्थाको पूजा हुने ठाउँमा
तिमीलाई राजनीतिको धूप बाल्न
कस्ले पठायो, हँ ?

जस्ले पठायो
ऊ पक्कै पुरुषोत्तम राम हुनुपर्छ

अन्त तिमीले झोंक्किएर
अर्को साल पनि आउँछु भने पछि
मन्दिरका परेवाहरू
घाम छेक्ने गरी सप्पै उडे,

हे ! जानकी !
तिम्रा लागि
हिमाल, पहाड र मधेस
सबै समान हुनुपर्ने होइन र?

पहाड मात्रै बोकेर हिँडेको
सुहाएन जानकी तिमीलाई

त्यो युगमा तिमीलाई
रामराज्यले अपमानित गर्‍यो
यो युगमा पनि
तेही रामराज्यले अपमानित गर्‍यो
उहिले धर्तीमुनि लुकायौ आफ्नो अपमान
अहिले शितल निवासमा लुकाइरहेछौ

हे ! जानकी !
म त भन्छु तिम्रो राम ठीक छैन
तिम्रो रामको राजनीति गलत छ
तिमीलाई बारम्बार
अपमानित गर्ने
एत्राको रामराज्य ।

 

 
 
Loading...

यसमा तपाइको मत

अन्य समाचार