पिकेकेका १०२ विद्रोही मारिए


tarki-attack

आङ्कारा । दक्षिणपूर्वी टर्कीमा कुर्दिस वर्कर पार्टी ९पिपिके० विद्रोही विरुद्ध त्यहाँको सेनाले गरेको कारबाहीको क्रममा १०२ जना विद्रोहीको मृत्यु भएको समाचार छ ।

टर्कीको सेनाले सो कारबाही जारी राखेको बताइएको छ । सेनाले उक्त क्षेत्रमा गएको पाँच दिनदेखि आक्रामक कारबाही सुरु गरेको थियो ।

सो कारबाहीमा परी गत शुक्रबार मात्र ५४ जनाको ज्यान गएको थियो । कारबाहीलाई शनिबारसम्म पनि जारी नै राखिएको छ । शनिबारको कारबाहीका क्रममा मारिएका लडाकूको सङ्ख्या १०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

गत पाँच दिनयता जारी रहेको सो कारबाहीको क्रममा ती विद्रोही मारिएको जानकारी टर्कीस् सेनाले एएफपीलाई दिएको छ ।

टर्कीस् सरकारी समाचार समिति आनाटोलियाले पाँच दिनयतादेखि सेनाले सशक्त कारबाही थालेको जनाएको थियो । टर्कीको दक्षिणी पश्चिमी राज्यमा उनीहरुका विरुद्ध कारबाही जारी रहेको समाचारमा जनाइएको हो । रासस

Loading...

यसमा तपाइको मत

अन्य समाचार