एनसेल बिक्रि भयो


Ncell_logo_thumb[3]
टेलिया सोनेराले नेपालमा स्थापना गरि सफल रुपमा चलाइरहेको टेलीकम्युनिकेसन कम्पनी एनसेल विक्री गरेको छ।
टेलिया सोनेराले मलेसियन कम्पनी एक्जियटालाई एनसेलमा आफ्नो स्वामित्वमा रहेको ६०.४ प्रतिशत शेयर बिक्रि गरेको हो ।
 टेलिसोनराले आज एक बिज्ञप्ति जारी गर्दै सो सम्झौता भएको आधिकारिक जानकारी दिएको छ ।
एसियाको सबैभन्दा ठूला टेलिकम्युनिकेसन समुह मध्ये एक एक्जियटालाई १ हजार ३० मिलियन डलर अर्थात् करिब एक खर्व ४० अर्व रुपैयाँमा विक्री गर्ने संझौता भएको हो । एनसेलका अधिकारीहरुले यो प्रारम्भिक सम्झौता मात्र भएको र सबै प्रक्रिया पुरा हुन् कम्तिमा पनि ६ महिना लाग्ने बताएका छन् ।
त्यसैगरी एनसेलको अनौपचारिक स्वामित्वमा भएको निरज गोविन्द श्रेष्ठको सेयर पनि टेलियासोनेराले भावना सिंह श्रेष्ठलाई (चार करोड ८० लाख डलर) चार अर्व ८० करोड रुपैयाँमा बिक्री गरेको छ। भावना सिंह श्रेष्ठलाई एक्जियटाले स्थानीय साझेदारका रुपमा छानेको टेलियासेनेराले जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।@ kharibot

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार