रोग लागेकै बेला निदान गरौं


 

योगेश बराल

योगेश बराल

नेपाल अहिले संकटपुर्ण अबष्थामा गुर्जी रहेको छ ।
बैसाखमा गएको महाभुकम्पले मानवीय संकट र बिगत असोज 3 गते देखिको इन्डियाले लगाएको नाकाबन्धिको मारबाट नेपाली जनजीबन अस्तब्यस्त छ । जिडिपिमा नेपालको ग्रायस्थ उत्पादन 1.26ले रिणात्मकमा पुगेको छ । यो अत्यन्तै गंभिर आर्थिक सुचाङक हो । नेपालको80%आर्थिक परनिर्भता बढेर गएको उपभोक्ताबादले आन्तरिक उत्पादन श्रम र बजारको स्थिति सबै संकटग्रस्त छन। आन्तरिक उत्पादनको भरथेक गर्न नसक्ता ठुलो समस्या निम्तिएको छ । नेपालीहरुको बिदेश पलायन झन बृद्धि बढेर गाको छ देशभित्र श्रमको ब्याबस्थापन गर्न राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउन राज्य तयार छैन युबा पलायन गरि शासन सत्ता आफ्नो मुठ्ठिमा राखिराख्ने मुठ्ठिभर प्रायोजित शासकबर्गले हर प्रयासबाट नेपाललाइ खोक्रो बनाइ राजनिति भनेको ठगि , लुटि खाने केन्द्र हो !

कर्मचारी प्रसासन भनेको जनताको हुर्मत लिने स्थान हो भनेर नेपाली समाजलाइ दास दब्बु दलाल मानसिकता ग्रसिष बनाएर शत्ता शक्ति पद र पैसाको चरम दुरुपयोग गरि नेपाली सासन सत्ता सञ्चालन गरिरहेको आज 30बर्ष भन्दा बढि भयो । यो नेपाल र नेपालीका लागि दुर्भाग्य र भ्रष्ट , लुटेराका लागि स्वर्ग हो।यस्तै अबष्थामा नेपाल बिदेशीको क्रिडास्थल भएर यहाँ शक्तिराष्ट्रको चलखेल बढेर गएको छ । पश्चिमा . इन्डिया यहाको साधनश्रोतमाथि कसरी आफ्नो हात पार्ने भनेर लागिरहेका छन मुलत अश्थिरताबाट पानी प्राकृतिक श्रोत माथिको अधिकार खोश्न र आफुले चाहेको दलाल शत्तामा पुर्याउन देशी बिदेशी तत्व नाङ्गै भएर लागेकै छ । यस्तै अनेकन कारणले नेपाली समुदायमा नैराष्यता बिद्वष अबिश्वास बढेर गएको छ।यो भबिश्यको पुश्ताको निम्ति राम्रो संकेत होइन। अब नेपाली युबाले हिजोको साइप्रस जर्मनी सिंगापुर दक्षिण कोरिया बाट सिकेर सबै चिज आत्मानिभर भएर अघि बढने योजनापुर्बक प्रयास गरौं यो स्वर्ग मुलुकको नागरिक भएको गर्ब गर्ने आधार तय गरौं रोग लागेकै बेला निदान गरेर आउदो पुस्ताको रिण तिरौं आफु जन्मेको सार्थक बनाऔं ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार