तौलदेखि ज्यालासमेत ठगि गर्दै बराह ज्वेलरी


barah

काठमाडौँ/ विदेशमा समेत नाम कमाएको पुरानो गहना पसल बराह ज्वेलरीले पछिल्लो समयमा बदमासी गरेको भन्दै ग्राहकहरुले गुनासो गर्न थालेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र उपत्यका बाहिर प्रायः सबै प्रमुख सहरहरुमा शाखा रहेको र हङकङ, बेलायतलगायतका देशहरुमा समेत शाखामार्फत् कारोबार गर्दै आइरहेको बराह ज्वेलरीले ग्राहकको मन जित्नुभन्दा ग्राहकहरुलाई चिढ्याउने गुनासो रहेको छ ।
हाल बराह ज्वेलरीले गुणस्तरमा ठग्ने गरेको, नापतौलमा समेत ग्राहकहरूलाई मर्का पार्ने गरेको, जर्ती र ज्यालाको नाममा ग्राहक ठग्ने गरेकोलगायतका गुनासो आउन थालेका छन । बराह ज्वेलरीको काठमाडौँ न्यूरोडस्थिति पसलमा अहिले दैनिकजसो ग्राहक र ज्वेलरीबीच वादविवाद हुने गरेको एक ग्राहकले बताए । बराह ज्वेलरीमा मुख्यतः विदेशमा बसेर फर्किएका र लाहुरे परिवारहरु स्थायी ग्राहकको रुपमा चिनिन्छन् तर त्यही स्थायी ग्राहकलाई समेत ज्वेलरीले अहिले प्रत्यक्ष र परोक्षरुपमा ठग्ने गरेको गुनासो आउन थालेको छ । यसै विषयमा बराह ज्वेलरीमा वर्षौंदेखि सुनका गहना खरिदबिक्री गर्दै आएका एक ग्राहक भन्छन्– पहिले बराह ज्वेलरीमा गुणस्तर र तौलमा ढुक्क भएर कारोबार गर्न सक्ने स्थिति थियो तर, हाल भने त्यस्तो छैन । यस सम्बन्धमा सुधार गर्न अनुरोध गर्दा ज्वेलरीले कुनै चासो नदिएकोले आफूले उक्त ज्वेलरी पसलमा कारोबार नै गर्न छोडिदिएको बताउँछन् ।
नेपालमा गरगहना बिक्रीमा नाम कमाएको बराहको धन्दा भने बुझी नसक्नु भएको स्रोत बताउँछ । न्यूरोडस्थिति पसलहरु देखाउन मात्र राखिएको र परोक्षरुपमा अन्य धन्दामा नै संलग्न भएको स्रोत ठोकुवा गर्दछ । स्रोतका अनुसार राजस्व छल्नेलगायत प्रचलित कानुनविपरीतका कार्य पनि गर्दै आएको छ ।

मनाेज सार्थकबाट 

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार