चाहना लामाको गजल ;मेरो सिन्दुर पोतेको मूल्य दिलाउन सके


CHAHANA LAMA

  • मेरो सिन्दुर पोतेको मूल्य दिलाउन सके|
    कति च्याते फाटेंका मनहरू सिलाउन सके|
    .

    धन्य भन्ने थिएँ हे सरकार तिमीलाई म!
    डामाडोल यो परिस्थितीलाई मिलाउन सके|
    .

    खोसी सक्यो मेरो त सबै खुसिहरू छैन बाँकी!
    अब ति टुहूरा लालाबालालाई दूई छाक खिलाउन सके|
    .
    गर्ने थिएन कसैले तिमीलाई गुनासो हेर, बुझ!
    सुख शान्ति पूर्वक पानी मात्र तिम्ले पिलाउन सके|

    .

Loading...

यसमा तपाइको मत

अन्य समाचार