कक्षा ७, कक्षा ५ वा कक्षा ९ माग्नुभन्दा सबै मिलेर मा.वि. माग्नुपथ्र्यो : कुमार लिङदेन


काठमाडौं, ०७ पौष । अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गरिरहेको संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले संघियताको पक्षमा आन्दोलन गर्नेहरु सबैले मिलेर आन्दोलन गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ ।

“हिजोको दिनमा कसैले कक्षा ७ मागेछौँ, कसैले कक्षा ५ मागेछौँ, कसैले कक्षा ९ मागेर आन्दोलन चर्काएछौँ ।” अध्यक्ष लिङदेनले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ “तर सबै मिलेर मा.वि. (१० प्रान्तको संघिय नेपाल) मागेको भए त्यो मा.वि. भित्र त कक्षा ७, ५, ९ सबै पर्दथ्यो नै” ।आलोखबर

Loading...

यसमा तपाइको मत

अन्य समाचार