चीनसंग जोडिएका नाका खुलाउन माग


काठमाडौं, । कर्णालीबासीले बिकास समितिका सभापति रविन्द्र अधिकारीसँग भेट गरि चिनसँग जोडिएका नाकाहरु अभिलम्व खुलाउन पहल गर्न आग्रह गरेका छन् । चिनसँग जोडिएका चार नाकाहरु एकमुष्ट बोलपत्र आव्हान गरेर दुई बर्षभित्र खोलिनुपर्ने उनीहरुको माग छ । सभापति अधिकारीसँगको भेठटमा पूर्व सभासद् तथा कर्णाली बचाउ अभियानका संयोजक नरेश भण्डारीले जवसम्म कर्णाली चिनको तिब्वतसगँ जोडिदैन तवसम्म कर्णाली र सिंगो देशको बिकास सम्भव नभएकोले अभिलम्व नाका खोलेर पारवहान तथा व्यापार सम्वन्ध सुनिश्चित गरिनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै बिकास समितिका सभापति अधिकारीले स्थलगत भ्रमण गरेर डकुमेन्ट तयार गरि कार्यन्वयनका लागि दवाव दिने आश्वासन दिएका थिए । उत्तरी नाका नखोली समग्र देशको बिकास नहुने उनको भनाई थियो । डेलिकेसनमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यसमेत रहेका भण्डारीका साथै,राप्रपा नेपालका केन्द्रिय सदस्य धनराज बुढा, एमाओवादीका नेता प्रकाश रोकाय, नेपाली काँग्रेसका नेता यन बहादुर शाहिलगायतको उपस्थिति रहेको थियो । –  चौतारी बाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार