आइपपमा नेपाली बालबालिका पनि पुगे


  कलाको कुनै क्षेत्र, भाषा र सीमा हुँदैन । कलाकारिता भनेको विश्वको कुनैपनि कुनामा छरिएर रहेका मानिसहरुलाई पनि आवश्यक पर्छ । हो त्यस्तै नेपाली कलाकारिताको प्रभाव पनि विश्वभर छरिएर रहेका नेपालीहरु माझ छाईरहेको छ । जसरी आफ्नो कलालाई विभिन्न देशमा रहेका नेपालीहरुले प्रस्तुत गर्दै आइरहेका छन् त्यसरी नै प्रतिभाको खोजी गर्ने काम पनि विश्वभर भइरहेको छ ।
यसैक्रममा विश्वव्यापी रुपमा उदयमान प्रतिभाको खोजी कार्यमा जुटिरहेको अमेरिकाको लस एन्जल स्थित ईन्टरनेश्नल प्रिजेन्टेसन अफ पर्फमरस् (आईपप) ले कतारबाट दुई जना नेपाली बाल कलाकारलाई जनवरी २०१६ को प्रतियोगिताका लागी छनौट गरेको छ । आईपपको लामो इतिहासमा नेपालीले पहिलो पटक भाग लिँदैछन । विगत ३ बर्षदेखि परिवारसँग कतार बस्दै आएका झापाकी १४ वर्षीय रविना पोखरेल र ९ वर्षीय पुकार पोखरेलले आईपपको प्रतियोगितामा भाग लिने भएका छन । गत जुनमा आईपपको टिम विश्वव्यापी अडिसनका क्रममा कतार आईपुगेको थियो । कतारमा विभिन्न देशका ५ सय प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनीहरु यहीँ ७ जनवरी २०१६ मा लस एन्जसलमा हुने फाईनल अडिसनमा भाग लिन जाँदैछन् ।music khabar bat

ipop

Loading...

यसमा तपाइको मत

अन्य समाचार