मधेस समस्या २०७२ साल आश्विन ३ गतेको संविधानरुपी कोतपर्वले सृजना गरेको हो


syam

श्याम तिमल्सिना
संयोजक राष्ट्रिय जनसंघर्ष मोर्चा
२०१४ सालमा ललितपुरमा जन्मिनुभएका श्याम तिमल्सिना नेपाली राजनीतिमा परिचित व्यक्तित्व हुन । खरो तर्क, स्पष्ट विचार र निरन्तर राजनीतिमा हस्तक्षेपकारी भूमिका उनको चिनारी बनेको छ । ललितपुरको गाविस सदस्य हुँदै राजनीतिमा होमिएका तिमल्सिना ललितपुर जिल्लाको उप–सभापति समेत बने । रा.प्र.पा.मा राजनीति गरेका उनी ललितपुरको जिल्ला सचिव, जिल्ला अध्यक्ष हुँदै कन्द्रिय सदस्य धर्मसंस्कृति विभाग प्रमुख र महामन्त्री समेत भएका छन् । हाल राष्ट्रिय जनसंघर्ष मोर्चाको संयोजक रहेका तिमल्सिना मोर्चाको केन्द्रिय कार्यालय विजुलीबजारमा भेटिदा भन्दै थिए । अबको राष्ट्रवादी आन्दोलन शक्ति केन्द्रको विरुद्ध हुनुपर्छ । प्रस्तुत छ रातो न्यूज डट कमका प्रतिनिधिले उनीसँग गरेको कुराकानी ।
  राष्ट्रियताको मुद्दा लिएर सडक संघर्षमा उत्रनु भएको छ । धेरै प्रकारको बैचारिकता बोकेकाहरुबाट कसरी संभव छ । राष्ट्रियता जोगाउने जटिल कार्य ?
– नेपालको राष्ट्रियता जोगाउने भनेको नेपाली जनताको भावनालाई सम्मन गर्ने हो । जनभावना विपरित आएको राष्ट्रघाती संविधानले राष्ट्रियताको जगेर्ना र संवद्र्धन गर्न सक्दैन । यो संविधानले जनताहरुलाई अधिकार विहिन वनाएको छ । त्यसको विरुद्धमा संघर्ष गर्नु पर्छ भन्ने हाम्रो राय हो । यसैको लागि हाम्रो मोर्चा बन्दी हो । राज संस्था र हिन्दु राज्यको विषयमा पनि कुरा उठाएका छौं । मधेस समस्या भारतको अधोषित नाकावन्दीले जनताको दैनिकीलाई निकै जटिल र कष्टकर बनाएको छ । यो पनि संविधानकै परिणाम हो । जब सम्म यो संविधानले विदेशका बहुसंख्यिक मान्छेहरुको पक्षमा आफुलाई उभ्याउदैन । तब सम्म यो संविधान नभई कागजको खाष्टो मात्र हो ।

यसैको लागि यो मोर्चा बनेको हो

syam timasina
मोर्चामा जति व्यक्ति छन् । ती सबैको भावनामा एकत्व देखिदैन । विवादास्पद रामबाबा देखि शंकर पौडेल सम्म हुनुहुन्छ । यस्तो मोर्चा कसरी अगाडि बढछ ?
– सबैको भावना एकत्वबाट अगाडि बढ्ने हो । राष्ट्रलाई माथि लैजान जनतालाई माथि उठाउन सानातिना कठिनाइ बिरुद्ध उभिनु पर्छ । यस्ता सामान्य समस्याले आन्दोलन रोकिदैन ।
  के के गर्नु भयो आफ्नो एजेण्डा स्थापित गराउन ?
– हामीले मंसिर ११ गते देखि १५ गते सम्म प्रचारप्रसार गर्ने, भित्ते लेखन गर्ने, राजधानीमा जनताहरुसँग भेटघाट गर्ने कार्य ग¥यौं । भोटाहिटीमा भव्यखालको धरना समेत ग¥यौं । मंसिर २७ गते देखि पुस ३ गते सम्म शान्ति बाटीकामा जम्म भई सहर परिक्रमा गरियौं । शान्तिपूर्ण हिसावले दशौं लाख जनतालाई हाम्रो नीति कार्यक्रम बतायौं ।
  मोर्चा सानो छ, माँगहरु ठूला छन्, यसमा फुट पनि आउला दिर्घकालिन उद्देश्य के राख्नु भएको छ ?
– एउटा राष्ट्रलाई बचाउने, राष्ट्रलाई सुन्दर बनाउने अभिलाषा बेकेकाहरु आफ्नो जिम्मेवारीबाट विष्थापित हुदैनन् । यसैले जिम्मेवारीपूर्वक हामी लडने कुरामा संका नगर्नुहोला ।
 देश डुब्नै लागेको जहाज जस्तो भै सक्यो, तपाईँहरुको नीति तथा कार्यक्रम उति दमदार लाग्दैन नी ?
– जब देशलाई संकट पर्छ तब राष्ट्रवादीहरु चौतर्फी हिसावले गोलबन्द हुन्छन् । यस्तो बेलामा हामी थाक्दैनौ राष्ट्रलाई बचाउन दक्ष माझी झै हुन हामी तयार छौं जहाज मात्र होइन सबै यात्रुहरुलाई बचाउनु पर्छ हाम्रो धारणा हो । बेगनले भने जस्तै दक्ष माझीलाई आँधी तुफानले सघाउछ ।
  वर्तमान जटिलताको हल कसरी हुन्छ ?
– वाह्य शक्तिले संचालन गरेको राजनीति अन्त्य हुनु पर्छ । अहिलेको समस्या कुटनीति र मर्यादाले मात्र समाधान गर्छ । देशको स्वाधिनताको लागि व्यक्तिको स्वतन्त्रतालाई सम्बद्र्धन गर्दै हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने मन्त्र हामी बीचमा दरो गरी स्थापित हुनुपर्छ ।
  मधेस समस्या बारे यहाँको धारणा के छ ?
– मधेस समस्या २०७२ साल आश्विन ३ गतेको संविधानरुपी कोतपर्वले सृजना गरेको हो । हामीमा मधेसी, पहाडीया, हिमाली राष्ट्रवादले जरो गाडेको छ । काठमाडौंमा बसे पनि, जुम्लामा बसे पनि, रौतहटमा बसे पनि हामी सबै नेपाली नै हौं भन्ने भावना विकास गर्न आवश्यक छ । मधेसीहरुलाई अराष्ट्र तत्व नदेखि उनीहरुको समस्यालाई उच्च राजनीतिक हिसावले संबोधन गर्नुपर्छ ।
  तपाईँहरु संविधान नै जटिलता निम्त्याने कारक मान्नुहुन्छ, संविधान नै जलाउने हिम्मत चाँहि किन गर्नु हुन ?
– संविधान जलाउनु, संविधान नमान्नु, संविधानको खारेजीको माँग राख्नु उस्तै हो । हामी संविधान नमान्ने र संविधान खारेजी गर्नु पर्छ भन्ने संघर्ष गरिरहेका छौं । संविधान जलाउदा बढी अराजक्ता हुन्छ भन्ने लागेर संविधान नजलाएका हौं ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार