लु स्युनको शालिकसँगै उभिदाको गौरवपूर्ण अनुभूति


  हस्तबहादुर के.सी.

लु स्युनको नाम नसुन्ने यो संसारमा थोरै मात्र मानिस होलान् । लु स्युन पेशाले चिकित्सक भएपनि चीनका महान प्रगतिवादी साहित्यकार हुन् । उनले चिनीया जनतालाई उपनिवेश र सामन्तवाद विरोधी अर्थात् सामन्तवाद र साम्राज्यवाद विरोधी मुक्ति आन्दोलनलाई साहित्यको माध्यमबाट सहयोग पु¥याएका थिए । यही योगदानले गर्दा चिनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष एवं विश्व सर्वहारावर्गका महान नेता तथा गुरु कमरेड माओत्सेतुङले लु स्युनको उच्च मूल्याङ्कन गर्नुभएको छ । एउटा अत्यन्तै महत्वपूर्ण कुरा के हो भने लु स्युनले अत्यन्तै सरल भाषामा मनोवैज्ञानिक किसिमले साहित्य सिर्जना गरेका छन् । चिनमा मात्र होइन, लु स्युनका कृतिले नेपालको वाम आन्दोलन र साहित्यमा ठूलो प्रभाव पारेको छ । विश्व विख्यात प्रगतिवादी साहित्यकार लु स्युनका साहित्यक सिर्जनाहरु पढेर नेपालका हजारौं माानिसहरु नेपालको वाम आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सरिक हुन पुगेका छन् ।
महान प्रगतिवादी साहित्यकार लु स्युनका अनगिन्ति साहित्य सिर्जनाका साथै वालसाहित्य अन्तर्गत “अत्यन्तै रोचक र महत्वपूर्ण रहेका छन् । प्रगतिशील फाँटमा सरिक हुने जो कोहीले पनि लु स्युनका सबै किसिमका साहित्यिक रचनाहरु नपढेका कमै होलान् । म सानै हुँदाखेरी नै महान् प्रगतिवादी साहित्यकार लु स्युनका कथाहरु पढ्ने अवसर पाएको थिएँ । जनता नि.मा.वि. पोखरा रुकुममा ७÷८ कक्षामा पढ्ने बेला नै हामीलाई पढाउनु हुने गुरुहरुले लु स्युनका वालकथाहरु सुनाउने गर्नुहुन्थ्यो र उनको वालकथा सम्बन्धी पुस्तकहरु पनि दिने गर्नुहुन्थ्यो । त्यतिबेला म पढ्ने उक्त विद्यालयका अधिकांश गुरुहरु कम्युनिष्ट आन्दोलनमा सरिक रहनु भएकाहरु नै हुनुहुन्थ्यो । त्यतिखेर रुकुम नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समुह) को प्रभाव फैलिरहेको थियो । पछि मैले ९÷१० कक्षा पढेको रुक्मिणी साधारण माध्यमिक विद्यालय रुकुमकोट रुकुम त झनै कम्युनिष्ट पार्टीमा समर्पित भइसकेका शिक्षहरुकै अखडा थियो । उहाँहरुले हामीलाई दिउँसो कोर्षका पुस्तकहरु पढाउनुहुन्थ्यो भने विशेषगरि साँझ विहान कम्युनिष्ट पार्टी सम्बन्धी पुस्तकहरु नै पढाउने र दिने गर्नुहुन्थ्यो । २०२८÷०२९ सालतिरको अवधि हो त्यतिवेला झापा विद्रोह भर्खरै विष्फोट भएको त्यसले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा एक प्रकारको तरंग नै पैदा गरिदिएको थियो भने रुकुममा त पुष्पलाल समुहकै कम्युनिष्ट पार्टीका गतिविधि चर्काेरुपमा अगाडी बढिरहेका थिए । त्यसको प्रभाव हामी विद्यार्थीहरुलाई पर्नु स्वाभाविकै थियो । त्यतिखेर चिनीया जनवादी क्रान्ति कमरेड माओको बारेमा व्यापक चासो र चर्चा हुने गर्दथियो । हामी ती कुराहरु सुन्न ज्यादै जिज्ञासु हुन्थ्यौँं । त्यतिवेला चिनका अध्यक्ष हाम्रा पनि अध्यक्ष भन्ने चलन थियो । विशेष महान चिनीयाँ नयाँ जनवादी क्रान्तिका बारेमा ठूलो चासो र चर्चा हुने गर्दथियो ।
त्यही सिलसिलामा मेरो गुरुहरुले विश्वप्रख्यात प्रगतिवादी साहित्यकार लु स्युनद्वारा लिखित, सिर्जित “बाल कथाहरु” नामक कथा समूह दिनुभएको थियो । उक्त पुस्तक त्यतिवेला विद्यालयमा विदा भएको वेला र खास गरि दशै–तिहार विदा र हिउँदे विदाको वेला, गाई–भैसी चराउँदै र वाख्रा गोठालो गर्ने बेलामा पनि मैले लु स्युनद्वारा लेखिएको उक्त वालकथाहरु नामक कृति बढि रुचिका साथ पढ्ने गर्दथिए । झोलामा माओका रेडवुकहरु र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिवद्वारा तयार पारिएको नौलो जनवादी क्रान्तिको कार्यक्रम (२०२५ सालमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित) पुस्तक लगायत अन्य क्रान्तिकारी पुस्तकहरु हुने गर्दथिए ।
त्यतिवेला देखि नै म महान प्रगतिवादी साहित्यकार लु स्युनबारे निकै नजिक पुगेर उनलाई चिन्ने र बुझ्ने गर्दथिए र उनका रचना पढेर म क्राान्तिप्रति र क्रान्तिकारिताप्रति निकै आकर्षित हुने पुगेको थिए । म सानै छदाँ देखि नै महान नेपाली नयाँ जनवादी क्रान्तिप्रति ज्यादै आशावादी भएको र सानै उमेर देखि नेपाली कम्युनिष्ट आन्दोलनमा सामेल भएर अत्यन्तै निष्ठा र प्रतिवद्धताका साथ काम गर्ने र दुःखकष्ठ वेहोर्न सक्ने मानसिक विकास गर्नुपर्दछ भन्ने कुरा मेरो गुरुहरुबाट सिक्तै अगाडी बढेको व्यक्ति भएका हुनाले म महान प्रगतिवादी साहित्यकार लु स्युन र महान चिनीया नयाँ जनवादी क्रान्तिप्रति बढि आकर्षित हुनु स्वाभाविक थियो ।
पहिले पहिले त नेपालका अलि मूर्धन्य प्रगतिवादी साहित्यकारहरुलाई हामी कहिलेकांही त उहिरुलाई चिनका लु स्युन भए झै हाम्रा नेपालका लु स्युनहरु भन्न पनि पुग्दथियौ । उतिबेला उमेर र विचार पनि अलि कच्चो नै थियो र नेपालमा गण्य चिन्नेका प्रगतिवादी साहित्यकारहरुलाई नेपालका लु स्युन भन्न पनि पुगिन्थ्यो तर आज आएर हामीले उतिवेला नेपालका लु स्युन भनिएका प्रगतिवादी साहित्यकारहरु अहिले संशोनवादी फाँटमा गिरिसकेको देख्दा हाम्रो नाक चाहिं खुम्चिन पुग्नु स्वाभाविकै वन्न वन्न पुगेको छ ।

विश्व विख्यात तथा महान प्रगतिवादी साहित्यकार लु स्युन आज भौतिक रुपमा यो पृथ्वी छैनन् । तर उनले रचेका र सिर्जना गरेका कृतिहरु र्वखेल्ती नै छन् । र उनका कृतिहरु र सिर्जनाहरुको महत्व अरु बढेर जानु आजको आवश्यकता वन्न पुगेको छ र भविष्यमा पनि यो जारी रहने छ नै ।
तर यी महान तथा विश्वविख्यात प्रगतिवादी साहित्यकार लु स्युनसँग भौतिक रुपमा मेरो भेट हुने त कुरै भएन । जुन भेट र चिनजान भयो, त्यो अवसर त उनका सिर्जनाहरुले गराएको कुरा जगजाहेर नै छ । अतः उनको भौतिक शरीरसँग मेरो भेट नभएपनि १२ जुलाई २०१५ (२७ असार २०७२) को दिन स्थानीय समयानुसार अपराहन्ह ५ बजे चिनको चौथो ठूलो विश्वविद्यालयमा रहेको ह्ष्बmभल ग्लष्खभचकष्तथ को प्राङ्गणमा खडा गरिएको लु स्युनको ज्यादै आकर्षक र सानदार शालिक सामु पुगियो र महान प्रगतिवादी साहित्यकार लु स्युनलाई नै भेटेको जस्तो अत्यन्तै गौरवपूर्ण र अविस्मरणीय अनुभूति पैदा भयो । त्यसक्रममा हाम्रो टोलीलाई गाइड गरि रहनु भएको चिनको फू च्अयान यन प्रान्तको राजधानी ह्ष्बm मा चिनीया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी कर्मचारी कमरेड ीष् ह्ष्बय र नेकपा मालेका पोलिव्यूरो सदस्य दीनानाथ घिमिरेसँगै महान प्रगतिवादी साहित्यकार लु स्युनको चिनको फू च्यान यन प्रान्तको राजधानी ह्ष्बmभल स्थित चिनकै चौथो ठूलो विश्वविद्यालयको रुपमा रहेको ह्ष्बmभल ग्लष्खभचकष्तथ को प्राङ्गणमा हरिया वोटविरुवाहरुको अगाडी खुला मैदानमा खडा गरिएको एक ऐतिहासिक शालिकसँगै ऐतिहासिक फोटो खिचेर मेरो वाल्यअवस्था देखि नै ती महान प्रगतिवादी साहित्यकार लु स्युनप्रतिको आस्था र विश्व आज झनै प्रगाढ बन्न पुगेको अनुभूति पैदा मलाई श्रद्धा र आस्थाको सलाम टक्र्याउँदै म त्यस ऐतिहासिक स्थान र लु स्युनको एक ऐतिहासिक शालिकलाई छोडेर फर्केको दृश्य मेरो मनस्पटलमा अहिले सम्म पनि त्यत्तिकै ताजै छ ।
यस प्रकारको महत्वपूर्ण अवसर सबैलाई सधैं मिल्न सक्तैन नै । तत्कालिन अवस्थामा एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चिनमा महान नयाँ जनवादी क्रान्ति सम्पन्न भएर समाजवादको वाटो भएर अगाडी बढीरहेको (यद्यपी सन् १९७६ को नोभेम्बर ९ तारिखका दिन कमरेड माओको निधन भएको ठिक एक महिना पछि प्रतिक्रान्ति भएर पुँजीवादको पुनस्थापना भै हाल आएर चिन विश्वकै दोस्रो धनी राष्ट्र बन्न पुगेर एकाधिकार पुँजीवादको वाटोतिर अग्रसर भइरहेको हाम्रो छिमेकी देश भएपनि त्यहाँ कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार र मुलुक चलिरहेको अवस्थामा हामी नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुको आस्था, विश्वास र मित्रता नटुटी सकेको हुनाले वेलावखतमा हामी नेपाली क्रान्तिकारीहरुलाई पनि चिनीया कम्युनिष्ट पार्टीले निमन्त्रणा गर्ने, विविध क्षेत्रको अध्ययन अवलोकन गराउने जुन परम्परा बसाल्दै आएको छ, यो ज्यादै प्रसंसनीय विषय हो नै । यसै सिलसिला अन्तर्गत चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा तत्कालिन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी– माओवादीको निर्णय वमोजिम मेरै नेतृत्वमा ५ सदस्यीय एक टोलीले ७ जुलाई २०१५ (२२ असार २०७२ देखि १७ जुलाई २०१५ (१ साउन २०७२) सम्म चिनको विविध क्षेत्रको अध्ययन भ्रमण सम्पन्न गर्ने अवसर प्राप्त भएको थियो, त्यही सिलसिलामा हामीहरु चिनको सिंचुयन प्रान्तको राजधानी ऋजभलनमग को ४ दिने विविध क्षेत्रको अध्ययन भ्रमण तथा अवलोकन सिध्याएर ११ जुलाईका दिन ऋश् छघद्धट वोइङ्गद्वारा फू च्यान यन प्रान्तको राजधानी ह्ष्बmभल पुगेका थियौ । हामीलाई ह्ष्बmभल स्थित क्भब क्जष्लभ ज्यतभ िमा राखिएको थियो । भोलिपल्ट अर्थात् १२ जुलाईका दिन विहान आधुनिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको न्गबिलनथग क्ष्कबिलम को समुद्रीयात्रा र अवलोकन भ्रमणको कार्यक्रम राखिएको थियो, त्यो कार्यक्रम सकेर दिउँसो खान त्ष्बलतष्बल ाष्कजष्लन उयचत च्भकतबगचबलत मा खाएर ल्बलउगतगय द्यगममजष्कm त्झउभि को अवलोकन भ्रमण सिध्याएर ह्ष्बmभल ग्लष्खभचकष्तथ को अवलोकन भ्रमण गर्ने क्रममा विश्वविख्यात एवं महान प्रगतिवादी साहित्यकार लु स्युनको एक ऐतिहासिक शालिकको छेदमा पुगिएका थियौ र ऐतिहासिक फोटो खिचेर उक्त ह्ष्बmभल ग्लष्खभचकष्तथ को समग्र अध्ययन भ्रमण र अवलोकन भ्रमण सकेर त्यहाबाट विदा हुने एक महत्वपूर्ण अवसर प्राप्त भयो ।
जुन ११ दिवसीय हाम्रो चिनीया अध्ययन भ्रमण थियो । त्यसको समग्र ऐजेण्डा पहिले नै उपलब्ध गराइएको थियो । त्यसमा ह्ष्बmभल ग्लष्खभचकष्तथ को अवलोकन भ्रमण गर्ने कार्यक्रम चाही तय गरिएको थियो । तर विश्व विख्यात एवं महान प्रगतिवादी साहित्यकार लु स्युनको बारेमा कुनै जानकारी दिइएको थिएन । तर ठूलो भूभागमा रहेको ह्ष्बmभल ग्लष्खभचकष्तथ को अवलोकन भ्रमण गर्ने क्रममा त्यस ग्लष्खभचकष्तथ को दक्षिण–पश्चिमतीरको प्राङ्गणमा पश्चिमतीर गइरहेको वाटोमा वाया साइडतीर लु स्युनको अत्यन्तै शालिन र सुन्दर शालिक देख्न पुगियो र अन्य साथीहरु आ–आफ्नै ढंगले अगाडी बढिरहेका थिए भने मलाई त जुन महान प्रगतिवादी साहित्यकार लु स्युनप्रति प्रगाढ आस्था र विश्वास थियो, त्यो शालिक भेट्ने वित्तिक्कै स्वयं लु स्युनलाई भौतिक रुपमै भटाएजस्तो लाग्यो र एउटा आस्था र निष्ठाको समेत कदर गर्दै एउटा ऐतिहासिक फोटो लिन मेरो मनस्थिति उद्धेलित भयो र कमरेड ीष् ह्ष्बय, दीनानाथ घिमिरेसँग उभिएर फोटोहरु लिन चुकिन । यसलाई मैले एउटा अवसर का रुपमा लिएको थिए, किनकि पहिलो कुरा त फेरी जीवनमा त्यो ठाउँमा नपुगिन सक्छ, यो मौका हो भन्ने लाग्यो र उनको शालिन शालिक अगाडी उभिएर फोटोहरु मेरो क्यामरामा कैद गर्न सफल भइयो । मलाई के लाग्यो भने जीवनमा यस प्रकारको अवसर र मौका विरलै रुपमा प्राप्त गर्न सकिन्छ र आज विश्वविख्यात एवं महान प्रगतिवादी साहित्यकार लु स्युनको शालिक भौतिक रुपमा नभए पनि उनको अत्यन्तै शालिन र सान्दार शालिककासामु उपस्थित भएको एउटा अविस्मरणीय क्षणको स्मरण गर्दै एउटा ऐतिहासिक संस्मरणात्मक लेखेर प्रकाशित गर्न पाउदा ज्यादै हर्ष र गौरवको अनुभूति भइरहेको छ, यतिबेला मलाई ।
मलाई लाग्दछ, विश्वविख्यात प्रगतिवादी साहित्यकार लु स्युनको आवश्यकता नेपालमा झनै बढेर गएको छ, किनकी नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यहा गरिने क्रान्ति नयाँ जनवादी क्रान्तिनै हो । नयाँ जनवादी क्रान्तिलाई प्रगतिवादी साहित्यले महत्वपूर्ण मद्दत गर्दछ । नेपालमा पनि लु स्युनजस्ता प्रगतिवादी साहित्यकारहरुको आवश्यकता छ । हाम्रो देशमा प्रगतिवादी साहित्यकारहरु नभएका होइनन् तर नेपालको प्रगतिवादी साहित्यको फाँटमा संशोधनवादी तथा नवसंशोधनवादी दुर्गन्धको हावा निकै फैलिएको छ । यसलाई सफा नगरी नेपालको प्रगतिवादी साहित्यको फाँट लु स्युनजस्ता प्रगतिवादी साहित्यकारहरुले निर्माण गरेको प्रगतिवादी साहित्यको जग बलियो बन्न सम्भव छैन ।

 

 

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार