ज्ञवालीले क्याम्पसलाई पनि ठगेको उजुरी


 12404500_10153369633936229_1369922335_n

वैद्य माओवादीका नेतासमेत रहेका इच्छुक प्रतिष्ठानका भ्रष्टाचारी अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले पढाउँदै नपढाइकन पाटन संयुक्त क्याम्पसबाट २० बर्से पेन्सन लिएको उजुरीमा अख्तियारले छानबिन गर्ने भएको छ । ज्ञवालीले प्रतिष्ठान भवनमा ठेकेदार र व्यापारीहरुसँग मिलेर डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको प्रकरणमा छानबिन भइरहेको स्रोतले जनाएको छ । माओवादी र सरकारबीचको साठी सालको दोस्रो वार्ता कालबाट क्याम्पसमा अनुपस्थित रहेका ज्ञवालीले एकैचोटि २०६३ सालमा क्याम्पसमा धम्क्याएर चारपाँच वर्षको हाजिरी नै नगरी २० वर्षे पेन्सन पकाएको उजुरी परेको हो । यसअघि कन्सल्टेन्सी ठगी, घोटाला, जग्गा किर्तेलगायत विषयमा परेको उजुरीमा उनीमाथि अनुसन्धान भइरहेको स्रोले बताएको छ । चरम घोटाला भएपछि प्रतिष्ठानबाट ताराकान्त पाण्डेय हटेरका छन् भने ज्ञवाली ले आफ्ना विश्वास पात्र दाङका एकजना दुखी थरका मानिसलाई सचिवमा नियक्त गरेको जानकारी प्रतिष्ठानको आन्तरिक स्रोतले दिएको छ00

Loading...

यसमा तपाइको मत

अन्य समाचार