आन्दोलन रोक्न चलचित्र नेपाल बन्दै


flagकाठमाडौँ, नेपालमा पछिल्लो समय बढ्दै गईरहेको आन्दोलन लाई लिएर यूहान मोसन पिक्चर्सले पुरै देश शान्तिक्षेत्र हुनुपर्ने भन्दै नया लघुचलचित्र “नेपाल– नेभर ईन्स् पिस एण्ड लभ” निर्माण घोषणा गरेको छ । जनक खड्काको कथा,पटकथा,संवाद एंव निर्देशनमा बन्न लागेको चलचित्र विशुद्ध जनचेतनामुलक हुनेछ । निर्माता सानु खान रहेको यस चलचित्रमा सह निमार्ता सुमन कोईराला रहनेछन । नेपाली चर्चित सेलिब्रेटीहरुको पनि भुमिका रहने यस चलचित्रमा फिल्म ईन्डस्ट्री बाहिरका सेलिब्रेटिहरुको समेत भुमिका रहनेछ भने छायांकन सुमन कोईरालाले गर्नेछन भने चलचित्रको सम्पादन नहकुल खड्काले गर्नेछन । हालसम्म चलचित्रमा “२१ वर्ष”बाट नायक को रुपमा आउन लागेका मोडल जुनिम गहतराज सहित नायीका केकि अधिकारी, नायक शुशिल श्रेष्ठ, हशन खान आदि फाईनल भैसकेको कुरा यूहान मोसन पिक्चर्सका अध्यक्ष सञ्जीता श्रेष्ठले वताउनु भयो । करिव ४५ मीनेट लामो यस चलचित्रले जात, धर्म, बर्ग र क्षेत्र भन्दा माथि देश रहेको र देशलाई स्वार्थमा प्रयोग गर्न नहुने सन्देश दिनेछ । सबै क्षेत्र, जात र धर्मका कलाकार प्रयोग गर्न लागीएको यस चलचित्रमा अभिनयको लागी युहान मोसन पिक्चर्सले आफ्नो फेसवुक पेज मार्फत पुराना कलाकारहरुलाई समेत अपिल गरेको छ । यो चलचित्र राष्ट्र र राष्ट्रियता समर्पीत हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ । यस चलचित्रले नेपालमा हाल भैरहेको आन्दोलनलाई समेत केहि हदसम्म रोक्ने निर्माण पक्षको दावि छ । चलचित्रको छायांकन यहि आईतबारबाट सुरु हुनेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार