यसकारण मानिन्छ क्रिसमस डे


rameshji

रमेश तामांग

आज क्रिसमस डे अर्थात ईसाई धर्मालम्बीहरूको सबैभन्दा ठुलो चार्ड, यो दिनलाई ईसाई धर्मलम्बीहरूले पबित्र दिन को रूपम लिन्छन । ईसाई धर्म को मुख्य प्रबर्धक जिसस क्राईष्ट को जन्म दिनको अबसर पारेर हरेक बर्ष डिसेम्बर २५ अर्थात षौष १० गते बिश्वभर क्रिसमस डे मनाईन्छ । बिशेषगरी ईसाई धर्मलम्बि हरू चर्चमा भेला भएर शुद्ध मनले यशुको बचनहरू बाचन र प्रथाना गर्ने गर्छन । नेपालमा सास्कृतिक कार्यक्रम गरेर, केक काटेर सुभ-कामना आदान प्रदान गरेर पनी मनाऊने गरीन्छ ।

प्राचिन रोमा अनुसार ईसापुर्ब २५४ देखी क्रिसमस मनाऊन थालिएको पाईन्छ । इसाई धर्मावलम्बीको पवित्र शास्त्र बाइबल अनुसार पवित्र आत्माद्वारा गर्वधारणा भएर कन्या (मारियम) को कोखबाट येशुको जन्म भएको हो ! मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदाय को कल्याण का लागि संसारमा येशूले जन्म लिन लागेको भविष्यवाणी गरेका थिए । सोही अनुरुप येशू ख्रिष्टको जन्म भएको गरेको विश्वास गरिन्छ ।
मानिसमाथि दुष्ट आत्माले अदृष्य गरिरहेको अन्याय, अत्याचार तथा विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रुसमा बलिदान हुनु भएको बाइबलमा उल्लेख छ ।
प्रभु येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ, विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरू बताउँछन् ।

अहिले नेपालमा अनुमानित बिस लाख भन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन् । झन्डै ८ हजार को हाराहारीमा चर्च छन् । काठमाडौं उपत्यका, पोखरा, धरान जस्ता सहरमा चर्च केन्द्रित छन् । अहिले जातीय रुपमा आदिवासी जनजातिहरु क्रिस्चियन धर्मतर्फ आकर्षित भएका छन् । दोस्रो मा दलित हरु छन् । तेस्रोमा बाहुन, क्षेत्री र अरु जातजाति का मान्छे क्रिस्चियन भएका छन् । सन् १९७८ मा नेपालमा ८ सय क्रिस्चियन थिए पृथ्वीनारायण शाहले देश निकाला गरेपछि अढाइ सय वर्षसम्म कोही पनि क्रिस्चियन थिएनन् ।तर १९५० अर्थात् २००७ साल पछी पुन सुरू भयो । नेपाल मा चर्चको इतिहास पनी सन् १९५० बाटै सुरु भएको हो । नेपाल मा गणतन्त्र स्थापना सगै धर्म निरपेक्ष राष्ट्र भएपछी सार्बजनिक बिदा समेत दिने गरेको छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार