‘ सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ ;किराती


Gopal-kirati

एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य गोपाल किराती केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकको लागि भार बनेको भन्दै एक सय दिन पुगेपछि ढाल्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा किरातीले ले भने,  सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ ।
यो मुलुकको लागि बोझ भईसकेको छ । ’ किरातीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको जानकारी दिदै त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस भनेर भनेको जिकिर गरे । उनले मन्त्रीमण्डल विस्तार र मन्त्रालयको विभाजनको भर्सना गर्दै कालाबजारी, महंगी, अभाव बढीरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेईज्जती भएको तर्क गरे ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार