राजधानीका स्कुलहरुलाई किन इसाई केन्द्र बनाइयो ?


योगेश बराल

योगेश बराल (नेपाली काका )

 

नेपालको बर्तमान धरातल यति तरल भयो ! यो अबस्थामा जसले जसरी खेले पनि भयो बिषेसत ब्यानर दक्षिण खेलेको देखिने रुपमा देख्दा तर सारमा पश्चिमा केन्द्र खेलिरहेको थियो।त्यसका रुप र सार छुट्याउन नसक्दा आज हामी संक्रमणमा फसेका छौ।पश्चिमाको रणनितिको कोभाजनमा आज नेपाल रहेकोछ यो अत्यन्त पिडा छ।

पश्चिमाहरु बिशेसत शीक्षा संस्कृती र सहरी बिकासका नाम पुरापुर जरा गाडिसकेका छन।पश्चिमाको एउटै उद्देश्य भनेको यहाँको सभ्यता र संस्कृतिलाइ समाप्त पारी उनिहरुको दर्शन संस्कृति स्थापित गर्दै दिर्घकालिन रुपमा नेपाल जष्तो सामरीक महत्व भएको देशमा आफ्नो हतियार बिक्रि केन्द्र बनाइ आफ्नो मक्सद पुरा गर्नु हो।पश्चिमाहरु नेपालमा आखा गाडनु दुइ देशको आन्तरिक मामिलामा नै दखल दिन र हतियार तस्करी गराइ आफ्नो योजना पुरा गर्न उपयुक्त ठाउँ तथा यहाँको जनजीबनमा खेल्न प्रयाप्त आधार भएको र यहां प्राकृतिक श्रोत साधनलाइ पनि पुराकापुरा दुरुपयोग गर्न सकिने निश्कर्षसहित आएका हुन।यिनिहरु शीक्षाका नाममा लामो अध्ययन गरि सेन्टमेरिज स्कुलका नामबाट सुरु गरि शीक्षा अनुदान सहयोग नाम परिचालित हुदै शीक्षालाइ सरकारको नियन्त्रणबाट खुकुले गराउने सर्तमा सहयोग गर्ने नाममा शिक्षालाइ निजिकरण गरि पुरा आफ्नो नियन्त्रण राख्ने योजनाका साथ बिश्व क्रिष्चियन महासंगमार्फत प्रत्येक निजि स्कुललाइ गुलियो मिठाइका रुपमा त्यसका मालिकलाइ केहि रकम दिइ बच्चाहरुलाई इषाइकरण गराइ ईसाइ प्रचारकका रुपमा स्कुल लाइ केन्द्र बनाइ आफ्नो उद्देश पुरा गर्न लागि परेकाछन त्यसको असर देखिन थालिसकेको छ। बिभिन्न नाममा शिक्षालयलाइ पुराकापुरा दुरुपयोग गरि नेपालको सभ्यता संस्कृति माथि गंभिर आक्रमण गरि फिलिपिन्स या दक्षिण अफ्रिका बनाउने दिर्घकालिन योजनाका साथ लागेकाछन।बिश्व इसाइकेन्द्रले बिभिन्न सार र रुपमा नेपालका शैक्षिक माफिया ग्रुप प्याप्सन र एनप्यापसनलाइ यो कार्य गर्न गराउन प्रतिस्पर्धात्मकरुपमा परिचालित गरेकाछन्।

यस्तो घृणित काम नेपालका शीक्षाअधिकारी प्रत्यक्ष परोक्ष संलग्न भई नेपालको जगलाइ समाप्त पान लागि राखेकाछन। डिसेम्बर25मा बच्चाहरुलाइ अनिबार्य गिफ्ट ल्याउन बिभिन्न प्रलोबन दिइ ईसाइकरण गर्न उपत्यकाका70%निजि स्कुल तथा उपत्यका बाहिरका40%स्कुल अध्यापनको लागि कि प्रचारकको रुपमा अभिभाबकहरुलाइ चरम सोषण गर्दै शीक्षालयलाइ दुरुपयोग गर्दैछन।यो बिषयमा गंभिर प्रश्न खडा भएको छ। आफ्नै देशमा नेपाली समाजलाइ कसरी दुरुपयोग गरिदै छ ! समाजको गति कता गइरहेको छ। आफ्नो पहिचाहन कसरी समाप्त गर्न उद्धत छौं त्यो सोचनिय छ । हामी सांस्कूतिक रुपमा रक्षात्मक चरण प्रबेश गरेका छौं यो निकै दुखदाय छ । समयमै बुद्धि पुर्याऔं हाम्रा कमी कमजोरी कहा कति छन संस्लेषण गरौं र बिकृति बिसंगती कुसंकार हटाइ संमृद्ध बिकसित बनाऔं । समय छ आजै देखि लागौं ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार