माओलाइ आत्मसात नगर्नेले कान्ति गर्न सक्दैन


विप्लव माओवादीका नेताले चिनियाँ नेता माओत्सेतुङको स्मरण गर्दै नयाँ नयाँ ढंगले माओको विचारको विकास गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादीका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीले नयाँ ढंगले माओको विचारको विकास र प्रयोग गर्नुपर्ने बताए ।

माओ दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको येनान गोष्ठी र माओका योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बन्दुकको नालबाट राज्यसत्ता स्थापना हुने सिद्धान्त नेपालको वर्तमान परिवेशको लागि आवश्यक रहेकोमा जोड दिए ।

देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले माओको विचारलाई आत्मसात नगर्ने कम्युनिष्टले विश्वको कुनै पनि देशमा क्रान्ति सम्पन्न गर्न नसक्ने बताए ।

माओले विकास गरेका सर्वहारा सांस्कृति क्रान्ति, नयाँ जनवादी क्रान्तिको सिद्धान्त वर्तमान विश्वमा सर्वमान्य भइसकेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) निकट बुद्धिजीबी रामप्रसाद पुरी, खेम थपलिया, अशोक सुवेदीलगायतले माओको योगदानको चर्चा गरेका थिए ।

चीनमा १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरेका जननेता माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा भएको थियो भने मृत्यु १९७६ सेप्टेम्बर ९ मा भएको थियो । येनान गोष्ठी सन् १९४२ मे २ र २३ भएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार